१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

तनहुँ १ मा शान्तिपूर्ण रुपमा मतदान जारी, स्वर्णिम र सर्वेन्द्रले भोट हाल्न नपाउने

उपनिर्वाचन अन्र्तगत तनहुँ क्षेत्र नं१ मतदान जारी छ। गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो।

यस क्षेत्रमा नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा  एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा स्वर्णिम वाग्ले लगायत उम्मेदवार छन्।

नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ। नेकपा एमालेका उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनीहरुले मतदान गर्न पाउने छैनन्।

अन्य उम्मेदवारहरुमा राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार लगायत छन्।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ।

उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ।उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ३५० मतदाता छन्।

प्रकाशित: १० वैशाख २०८० ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App