२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चक्कु प्रहारका कारण कम्तीमा चारजना घाइते

हङकङमा लोकतन्त्र पक्षधरले गरेको सरकारविरोधी प्रदर्शनस्थलमा भएको चक्कु आक्रमणका कारण कम्तीमा चारजना घाइते भएका छन्।

पाकिस्तानमा सरकार विरोधी प्रदर्शन

पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्धमा प्रदर्शन गरेको छ। यहाँको इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका छन्।

इराकी कर्बलामा १८ जना प्रदर्शनकारीको मृत्यु

इराकको कर्बालास्थित शिते शहरमा प्रदर्शनकारी विरुद्ध भएको कारबाहीमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको एक इराकी अधिकारीले बताएका छन्।

चिलीमा आपतकाल हटाइयो, विरोध प्रदर्शन जारी

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले देशव्यापी हिंसा भड्किएपछि गत सातादेखि लगाइएको आपतकाल सोमबार फिर्ता लिएको घोषणा गर्नुभएको छ । तर सरकार विरोधी विरोध प्रदर्शनहरु देशव्यापी जारी रहेका छन् ।

राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

चिलीमा राष्ट्रपतिको राजिनामा माग गर्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकमा प्रदर्शन गरेका छन्।

चिलीमा सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्य

चिलीमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ कानुन व्यवस्थामा चुनौती देखिएसँगै सरकारले २४ घण्टे निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरेको बताइएको छ।

चिलीमा सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु

चिलीमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यौनहिंसाविरुद्ध हजारौंको प्रदर्शन

पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाविरुद्ध हजारौंले प्रदर्शन गरेका छन्। उनीहरुले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

प्रहरीमाथि पेट्रोल बम प्रहार

पाँच महिनादेखि अशान्त हङकङमा आइतबार भएको प्रदर्शन थप हिंसात्मक बनेको छ। सरकारविरोधी प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ। सरकारले प्रदर्शन गर्न प्रतिबन्ध लगाए पति आइतबार हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीमध्ये केही कडा प्रदर्शनकारीको एउटा समूहले प्रहरी स्टेसनलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेका हुन्।

क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन

पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन्।

प्रदर्शनका कारण हङकङ प्रमुखको सम्बोधन स्थगित

हङकङको इतिहासमै प्रमुख कार्यकारीले आफ्नो च्याम्बरमा सम्बोधन गर्न नपाएको यो पहिलो घटना भएको बताइएको छ।

‘एनआरएनए’ कला प्रदर्शनी सुरु

प्रदर्शनीमा मूर्त तथा अमूर्त रूपका विभिन्न भाव बोकेका साथै नेपाली संस्कार र संस्कृति र प्राकतिक दृश्यलाई झल्काउने चित्र समावेश छन्।

जलवायु परिवर्तनसम्बन्धी अभियन्ताको प्रदर्शन

‘एक्सटिङ्सन रेबेल्यिन’ आन्दोलन वा समूहका एकजना संस्थापकसहित जलवायु परिवर्तनसम्बन्धी अभियन्ताले मंगलबार प्रहरी प्रतिबन्धको वेवास्ता गर्दै बेलायतको यातायात मन्त्रालय र सुरक्षा एजेन्सी एम आई फाइभलाई लक्षित गर्दै प्रदर्शन गरेको हुन्।

प्रदर्शनकारी र प्रहरीबीच झडप

हङकङमा आइतबार आयोजित सरकारविरोधी प्रदर्शनमा झडप भएको छ। व्यापारीहरुको खाजा खाने समयमा भएको प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई लखेट्ने क्रममा अराजकपूर्ण झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्