५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जलवायु परिवर्तनसम्बन्धी अभियन्ताको प्रदर्शन

प्रदर्शनमा सहभागीलाई सम्बोधन गर्दै ‘एक्सटिङ्सन रेबेल्यिन’ समूहका संस्थापकमध्येकी एक गेल ब्राडब्रुक। तस्बिर : एजेन्सी

लन्डन (एजेन्सी) – प्रहरीले प्रदर्शनमा रोक लगाए पनि त्यसको उल्लंघन गर्दै लन्डनमा जलवायु परिवर्तनसम्बन्धी अभियन्ताले प्रदर्शन गरेका छन्।

‘एक्सटिङ्सन रेबेल्यिन’ आन्दोलन वा समूहका एकजना संस्थापकसहित जलवायु परिवर्तनसम्बन्धी अभियन्ताले मंगलबार प्रहरी प्रतिबन्धको वेवास्ता गर्दै बेलायतको यातायात मन्त्रालय र सुरक्षा एजेन्सी एम आई फाइभलाई लक्षित गर्दै प्रदर्शन गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। लन्डनमा एक सातादेखि जलवायु परिवर्तनसम्बन्धी अभियन्ताहरुको प्रदर्शन जारी रहेको छ। प्रहरीले एक सातादेखि अवरोध भइरहेको भन्दै प्रदर्शन अन्त्य गर्न भनेको थियो।

विश्वभर दुई सातासम्म गरिँदै गरेको प्रदर्शनको आधा बाटो तय गरिसकेको ‘एक्सटिङ्सन रेबेल्यिन’ समूहका संस्थापकमध्येकी एक गेल ब्राडब्रुकले बेलायतको यातायात मन्त्रालयको प्रवेशद्वारमाथि चढेर प्रदर्शनमा सहभागीलाई सम्बोधन गरेकी थिइन्। ‘यो प्रकृतीले आफूले आफैंलाई प्रतिरक्षा गरिरहेको हो,’ उनले भनिन्। उनले सम्बोधन गरिरहँदा मन्त्रालयभित्र रहेका सरकारी कर्मचारी भने झ्यालबाट हेरिरहेका थिए भने प्रहरी सडकको नजिकै बसेर हेरिरहेका थिए। ‘मैले यो कार्य तिम्रा बालबालिकाको भविष्यका लागि गरेको हुँ,’ सम्बोधनकै क्रममा उनले बताइन्।

प्रकाशित: २९ आश्विन २०७६ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App