१२ मंसिर २०८१ बुधबार
image/svg+xml

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान बन्द

उपत्यकामा न्यून भिजिबिलिटीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान बन्द भएको छ। आइतवार विहानैदेखी ठप्प विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान अवतरण बन्द बन्द भएको हो। विहानैदेखी सिमसिमे वर्षा तथा हुस्सुका कारण भिजिबिलिटी एकदमै हुँदा उडान अवतरण बन्द गर्नु परेको विमानस्थल प्रशासनले जनाएको छ।

मौसम बिग्रँदा हिमाली क्षेत्रका उडान रद्द

मौसममा आएको खराबीका कारण बुधबार हिमाली तथा उच्च पहाडी क्षेत्रका सबै हवाई उडान रद्द भएका छन्। विमानस्थलका अनुसार झण्डै ५० उडान रद्द भएका हुन्। त्रिभुवन विमानस्थलबाट सोलुखुम्बुको लुक्लाको लागि हुने १३ उडान रद्द भएका छन्।

छ विमानस्थलमा रात्रिकालीन उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रिकालीन उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रियतर्फ मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिकमा पनि रात्रि उडान सञ्चालन गरिरहेको छ ।

अबको दुई महिनाभित्र नेपाल एयरलाइन्स जापानमा उड्ने

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अबको दुई महिनाभित्र जापानमा उडान सुरु गर्ने भएको छ। जापान सरकारले नेपालीसहित विदेशी कामदारलाई भित्र्याउने नीति लागु गरेकै बेला सरकारले राष्ट्रिय ध्वजावाहक विमान जापानमा उतार्ने तयारी थालेको हो।

मनाङ र बारामा सिधा जहाज सञ्चालन

पोखरादेखि बाराको सिमरा तथा पोखरा–मनाङ सिधा जहाज सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रममार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ।

ग्राउन्डेड जहाज माघभित्र बनिसक्ने

राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडानका लागि सानाठूला गरेर नौवटा जहाज छन्। त्यसैगरी अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा। तर, यी १४ मध्ये ६ वटा जहाज भने ग्राउन्डेड छन्।

व्यावसायिक उडान रोक्ने सरकारको तयारी

वातावरणीय क्षेत्रमा असर पारेको भन्दै अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविर (एबिसी) क्षेत्रमा हेलिकोप्टर उडान र अवतरणमा गत भदौदेखि रोक लगाएको थियो। तर, हेलिकोप्टर कम्पनीले गाँउपालिकाको निर्देशन अटेर गर्दै नियमित उडान गरिरहेका छन्।

खराब मौसमले उडान प्रभावित

चिसो मौसम सुरु भएसँगै हवाई उडान प्रभावित हुन थालेको छ । मंगलबार दिनभरि नै मौसम खराब भएपछि समग्र हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

त्रिभुवन विमानस्थलमा उडान प्रभावित

मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार जाडो मौसममा भिजिबिलिटी कम भएकाले उडान प्रभावित भएको हो। क्षेत्रीले वैकल्पिक विमानस्थल प्रयोग गर्न यात्रुलाई सुझाव दिएका छन्।

छुट गराउन टिआएलाई एअर एसियाले तिरेन १३ करोड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) कार्यालयलाई सेवा शुल्क वापतको रकम नियमित नबुझाउँदा लागेको १३ करोड विलम्ब शुल्क (पेनाल्टी) चुक्ता नगरी मलेसियन एअर कम्पनी एअर एसियाले नेपाल उडान बन्द गरेको छ।

रामेछापबाट लुक्ला उडान सुरु

लुक्ला (तेन्जिङ हिलारी विमानस्थल)को लागि रामेछापबाट हवाई उडान थालिएको छ। निजी क्षेत्रका तारा, समिट र सीता एअरलाइन्सका जहाजले लुक्लाको लागि रामेछापबाट उडान सुरु गरेका हुन्।

खोज्न थालियो लुक्ला उडानको विकल्प

पर्यटकीय सिजनको बेला सबैभन्दा बढी आन्तरिक उडान लुक्ला (तेन्जिङ हिलारी) विमानस्थलमा हुन्छ ।

नेपाल बायु सेवा निगमले ताप्लेजुङ–काठमाडौं उडान शुरु गर्ने

लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौं–ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ।

यतीको एटिआर ७२–५०० पोखरा उड्ने

पर्यटकीय सिजन सुरु भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान थाल्ने भएको छ।

चंङ्गा उडाउँदै हुनुहुन्छ, कारवाहीमा परिएला नि!

विमानस्थलको आसपासमा चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर परेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले चङ्गा नउडाउन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्