४ मंसिर २०८१ मंगलबार
image/svg+xml

भूकम्प प्रभावितलाई ट्याक्सी वितरण टिभीबाट प्रत्यक्ष प्रसारण गरिने

भूकम्प प्रभावितका लागि यातायात व्यवस्था विभागले गर्न लागेको ट्याक्सीको नम्बर वितरण टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट गरिने भएको छ।

वर्षाले बी डिभिजन प्रभावित

सहिद स्मारक रेडबुल 'बी' डिभिजन लिगमा सोमबारको खेल वर्षाका कारण हुन सकेन। हल्चोक मैदानमा खुमलटार र सातदोबाटोले पहिलो खेलमा प्रतिस्पर्धा गर्ने खेलतालिकामा थियो। दोस्रो खेलमा सामाजिक र नयाँबस्तीबीच प्रतिस्पर्धा हुन तय भएको थियो।

बाढी प्रभावित जिल्लालाई पहिलो प्राथमिकताः मन्त्री गिरी

दाङ- सिँचाईमन्त्री दीपक गिरीले बाढी प्रभावित जिल्लाहरुलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

भूकम्पप्रभावितका गुनासा थपिँदै

भूकम्पप्रभावित क्षेत्रमा अनुदान रकम बाँडिरहेको सरकारसँग स्थानीयका गुनासा झन्झन् थपिँदैछन्। शुक्रबारसम्म सरकारसँग १ लाख ५९ हजारभन्दा बढी जनताले गुनासो गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूचीमा भूकम्पपीडितको नाम नपरेको भन्दै असन्तुष्ट बनेर गुनासो गर्नेहरू धेरै छन्।

बाढी प्रभावित बस्तीमा उपचार गर्दै डा. केसी

तिलाठि(सप्तरी)- बरिष्ठ चिकित्सक गोबिन्द केसी सप्तरीका बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। उनी बाढी प्रभावित जनताको उपचार गर्न सीमावर्ती गाउँ तिलाठी आएका हुन्।

सुदूरपश्चिममा यातायात ठप्प, जनजीवन प्रभावित

धनगढी– सुदूरपश्चिम यातायात व्यवसायी समिति धनगढीले यातायात ठप्प पारेपछि शनिबार सुदूरपश्चिमकाे जनजीवन प्रभावित भएको छ। यातायात ठप्प हुँदा धनगढीबाट लामो तथा छोटो दूरीका कुनै पनि बस सञ्चालन हुन सकेका छैनन्। सुदूरपश्चिम यातायात र बडिमालिका यातायात व्यवसायी समितिबीच बस सेवा सञ्चालनका विषयलाई लिएर भएको विवादले शुक्रवार उग्र रुप लिएपछि दुवै पक्ष बीच झडप भएको थियो।

राप्ती बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम

नेपालगन्ज– राप्ती बाढी प्रभावित क्षेत्र बाँकेका विभिन्न गाविसमा रोगको महामारी फैलिने जोखिम बढेको छ। बाढीको सतह घटेपछि अधिकांश स्थानीय बासिन्दा पुरानै ठाउँमा फर्केका छन्, भने कतिपय आफन्त र अस्थायी टहराको साहारा लिएका छन्।

औषधिसहित स्वास्थ्यकर्मीको टोली गोबरगाढातर्फ, प्रभावित क्षेत्रमा रोगको प्रकोप

राजविराज– अत्यावश्यक औषधिसहित स्वास्थ्यकर्मीहरुको टोली बुधवार ‘टापु’ गाउँ भनेर चिनिने सप्तरीको गोबरगाढातर्फ प्रस्थान गरेका छन्। डुवानका त्रासबीच टापुमा फसिरहेका गोबरगाढाबासीलाई औषधिसमेत नरहेको भन्दै नागरिकन्यूजसहितका सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीसहितको टोली त्यसतर्फ पठाएको हो।

गोबरगाढाका डेढसय परिवार सम्पर्क विहीन, ४ हजार बढी परिवार प्रभावित

सप्तकोसी नदीले चारैतिरबाट घेरिएको सप्तरीको गोबरगाढा गाउँका झण्डै डेढ सय परिवार पछिल्लो दुई दिनदेखि सम्पर्क विहीन रहेका छन्। सप्तरीका प्रहरी प्रमुख एसपी भीम ढकालका अनुसार चारै तिर कोसी नदीले घेरिएर रहेका कारण त्यहाँसम्म प्रहरी पठाउन पनि अप्ठ्यारै रहेको छ। पछिल्लो दुई दिन यता कोसी नदीमा पानीको बहाव उच्च रहेको छ। शनिबार साँझ कोसी नदीमा यस वर्षकै उच्च बहाब रहेको थियो।

राप्तीमा पानीको सतह बढ्यो, प्रभावित क्षेत्रमा उच्च सर्तकता

नेपालगन्ज-पहाडी क्षेत्रमा परेको अविरल बर्षाले राप्ती नदीमा पानीको सतह ह्वात्तै बढेको छ। राप्तीको बाढीबाट हुने सम्भावित जनधनको क्षति कम गर्न प्रहरी, प्रशासनले आसपासका गाउँमा उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ।

खराव मौसमका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौंका मौसम प्रतिकुल भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। राजधानीमा विहानैदेखि परेको वर्षाका कारण भिजिलिटी कम भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो।

भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन मिल्दैन: उपप्रधानमन्त्री मैनाली

चितवन- उपप्रधान तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले प्रतिपक्षले माग गरेअनुसार भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन नसकिने बताएका छन्।

सहरमा बसेर माथिल्लो कर्णालीको विरोध, प्रभावित क्षेत्रका जनता समर्थनमा

काठमाडौं—माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको समर्थनमा प्रभावित क्षेत्रका जनता देखिएका छन् भने सहर तथा सदरमुकाममा रहेका केही व्यक्ति तथा समूह विरोधमा रहेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्