बलात्कार प्रयासमा युवक पक्राउ
युवतीलाई बलात्कार गर्न प्रयास गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन्। शनिबार राती २० वर्षीय युवतीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा केपीलासगढी गाउँपालिका–५ सप्तेश्वर थर्पुडाँडाका २१ वर्षीय नन्दराज राई पक्राउ परेका हुन्।