२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री क्रिकेट कपः पुलिस सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरेको छ। पुलिस क्लबले प्रदेश नं २ लाई १५६ रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो।

पुलिस र प्रदेश २ विजयी

समूह ‘बी’ का टोलीद्वय नेपाल पुलिस क्लब र प्रदेश २ ले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा जित निकाल्न सफल भएका छन्।

पुलिस स्तब्ध

नारायणगढको क्याम्पाचौरमा जारी पहिलो सिएमएस भरतपुर गोल्डकपमा च्यासल युथ क्लबसँग नेपाल पुलिस क्लब पराजित भएको छ। बिहीबार भएको प्रतिस्पर्धामा २–१ को गोल अन्तरले च्यासल क्बल विजयी भएको हो।

पुलिस र आर्मीबीच उपाधि भिडन्त

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघु पार्टीमा जारी तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि बिहीबार पुलिस र आर्मी भिड्ने भएका छन्।

कीर्तिपुरको पहिलो जित

अतिरिक्त समयमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै कीर्तिपुर बास्केटबल टिमले राजधानीमा जारी नेपाल बास्केटबल लिगमा पहिलो जित निकालेको छ।

पुलिसलाई मेचीनगर गोल्डकप

विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई सडन डेथबाट हराउँदै नेपाल पुलिस क्लबले मेचीनगर गोल्डकपको उपाधि जितेको छ।सडन डेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक विकेश कुथुसँग ठोक्किँदै जाली चुमेको थियो।

पुलिसको पहिलो जित

विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी नेपाल बास्केटबल लिगमा पहिलो जित निकालेको छ। महाराजगन्जस्थित नेपाल पुलिसको कोर्टमा भएको दिनको पहिलो खेलमा पुलिसले साउथ साइडर्स बास्केटबल क्लबलाई ७८–५८ को स्कोरले हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको हो। यसअघि सम्पन्न दुई खेलमा पराजित भएको पुलिले साउथ साइडर्समाथि पहिलो क्वार्टरमा २६–१२ फराकिलो जित निकालेको थियो।

भुटानी टोलीविरुद्ध पुलिसलाई सफलता

पाहुना टोली भुटानको पारो एफसीलाई ३–० ले पराजित गर्दै नेपाल पुलिस क्लब सोमबार मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा पुलिसले संकटाको सामना गर्नेछ।

दुवै प्रहरी समूहविजेता

विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लब जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्।

न्यु डायमन्डमाथि पुलिस विजयी

उषा भण्डारीले यादगार प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले होङ्गाजी न्यु डायमन्डलाई हराउँदै पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

म्याराथनमा राजपुरा र कृष्ण च्याम्पियन

नेपाल पुलिस क्लबकी राजपुरा पछाई र त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको म्याराथनमा स्वर्ण जितेका छन्। बेलझुन्डी रंगशालामा सोमबार भएको अन्तिम दिन ४२ किलोमिटर दूरी आर्मीका कृष्णले २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा र राजपुराले २ घण्टा ५९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। पुरुषमै कर्णाली प्रदेशका दुर्गा बुढाले २ घण्टा १८ मिनेट ३९ सेकेन्ड समय लगाउँदा रजत पदकमै चित्त बुझाए। दुर्गाले योसहित एथ्लेटिक्समा एक स्वर्ण र समान दुई रजत जित्न सफल भए।

विभागीय टोली हाबी

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोलीले वर्चस्व जमाएका छन्। भैरहवामा सम्पन्न समूह ‘ए’ तर्फ विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा पुगेका छन्।

दुवै पुलिस सेमिफाइनलमा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा जारी राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।

जुडोमा मनितालाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडोको पहिलो दिन नेपाल पुलिसकी मनिता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् । महिला ५७ केजीमुनि फाइनलमा मनिताले प्रदेश–३ की कविता नेपालीलाई पराजित गरिन् ।

सशस्त्र प्रहरी महानिरीक्षक महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनल यात्राका लागि बिहीबार विभागीय टोली एपिएफ र नेपाल पुलिस तथा न्यु डायमन्ड र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्