पाँच हिमाली जिल्ला बाहेक माघ २५ देखि देशभर एचपीभी खोप अभियान
सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खोप माघ २५ गतेदेखि देशभर सञ्चालन गर्ने भएको छ।
सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खोप माघ २५ गतेदेखि देशभर सञ्चालन गर्ने भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पुनः सरकारको नेतृत्वमा आएपछि स्वदेशी ग्यास उत्पादन र प्रयोगको सपना पूरा गर्ने बताएका छन्।
भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रभित्र कक्षा ६ मा अध्ययनरत सम्पूर्ण छात्रालाई विद्यालयमै पुगेर एचपीभी (HPV) खोप लगाइने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको नतिजा आएसँगै नयाँ सरकारलाई सहज रूपमा सत्ता हस्तान्तरण गरेर आफूहरू घर फर्कने बताएकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन एकै चरणमा सम्पन्न हुने स्पष्ट पारेकी छन्।
नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आज काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा औपचारिक रूपमा उद्घाटन गरिएको छ। प्रदर्शनी माघ २५ गतेसम्म सञ्चालन हुनेछ।
पछिल्लो समय भारतीय पर्यटकले आफ्नै सवारीमा घुम्न आउने क्रम बढेसँगै पोखराको पर्यटन क्षेत्रले असन्तोष जनाउन थालेको छ। खासगरि आफ्नै सवारी चढेर भित्रिएका भारतीय पाहुना भित्रिने क्रम बढेसँगै पोखराका केही व्यावसायीले सवारीसाधनको विषयलाई लिएर प्रश्न उब्जाउन थालेका छन।
कास्कीको मादी गाउँपालिका–११, तोगीका किसान पृतिराज लामिछानेले गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने देखाएका छन्। उनले मौरीपालन व्यवसायबाट वार्षिक रुपैयाँ ६० लाखभन्दा बढी आम्दानी गर्दै गाउँमै रोजगारी सिर्जना गरेका छन्।
मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्रमा सेताम्मे हिउँमा खेलिने स्की प्रतियोगिताको तयारी सुरु गरिएको छ। नेपाल स्की सङ्घको आयोजनामा यही माघ २४ गते मुक्तिनाथमा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता हुन लागेको हो।
नेपाली कांग्रेस भक्तपुर–२ का उम्मेदवार कविर राणाले आफूविरुद्ध प्रतिस्पर्धा गर्ने राजनीतिक प्रतिद्वन्द्वीहरू अनुभवहीन र परिपक्व नभएको बताएका छन्।
नेपाली कांग्रेसले पार्टीभित्र देखिएको विवाद अब अन्त्य भइसकेको बताएको छ। पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले पार्टी एकताबद्ध भएर आगामी चुनावमा सक्रिय भइसकेको जानकारी दिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र उनका कार्यालय सहयोगी टिकाराम राउतसँग सम्बन्धित घुस प्रकरणमा नयाँ मोड ल्याएको छ।
पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाइसकेको जानकारी दिएका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले विगतदेखि उठाउँदै आएको भ्रष्टाचारमुक्त समाजको एजेन्डा अहिले ‘जेनजी’ पुस्ताले समेत उठाउन थालेको बताएका छन्।