१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पोखरादेखि काठमाडौं पुग्न २० घण्टा !

पछिल्लो पटकको वर्षाले बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग यतिबेला हिलाम्य छ। राजमार्ग यतिसम्म जोखिमपूर्ण बनेको छ की कुनैपनि ठाउँमा गाडी चिप्लिने र भाँसिने त्रास छ। हिलोमा फस्ने पनि उत्तिकै समस्या छ। साँघुरा डाईभर्सनमा भारी सवारीलाई गुड्न झनै सकस छ। त्यसले गर्दा अहिले पोखरा आउजाउ गर्ने सवारीले राजमार्गमा सकस खेपेका छन । त्यसको मार यात्रुलाई छ।

पोखरा–मुग्लिन सडक: सर्वत्र दवावपछि बिस्तारले गति लिँदै

समय घर्किनै लाग्दा पनि सोचेजस्तो प्रगति नभएको भन्दै पोखरा–मुग्लिन सडक खण्डको बिस्तारमा भएको भौतिक प्रगतिप्रति अधिक आलोचना हुने गरेको छ। पर्यटकीय सहर पोखरा भित्रिने मुख्य राजमार्ग भएकोले पनि यो खण्डमा धेरैको ध्यान जाने गरेको छ। तर, सर्वत्र दवावमा पछिल्लो समय राजमार्ग बिस्तारले केही लिएको छ।

पोखरा–मुग्लिन सडक बिस्तार सुस्त, आइतबार मन्त्री सहितको टिमले स्थलगत अनुगमन गर्ने

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८०किमि) सम्मको सडक अहिले बिस्तार भईरहेको छ। सडक बिस्तार भईरहे पनि कामको गति भने निकै नै सुस्त भएको गुनासो व्याप्त छ। अझ पर्यटन व्यावसायीले त बिस्तारको क्रममा रहेको राजमार्गको यात्रा झन्झटिलो हुँदा पर्यटक आउजाउमै असर परेको गुनासो गरिरहेका छन्। सडक बिस्तारको गति कछुवाशैलीमा भईरहेको व्यावसायीले बताईरहेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्