१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो।

माथिल्लो सान्जेनको उपकरण जडानका लागि चिनियाँ टोली वैकल्पिक मार्गबाट आउने

इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसनका टोली कोभिडका कारण उतै रोकिएपछि लामो समयदेखि कामअघि बढ्न सकेको थिएन।

एक महिनामा ३१ वटा खाद्य सामग्रीको नमूना परीक्षण

स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमूना परीक्षण गर्ने गरेको छ।

राजस्व संकलन बढ्यो

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेसँगै राजस्व संकलन बढेको छ। पछिल्लो केही महिनायता दैनिक ९ वटा चिनियाँ गाडीले सामग्री ल्याउन थालेपछि राजस्व संकलनमा वृद्धि भएको हो।

रसुवागढी एकीकृत जाँच चौकीः रि–डिजाइनको काम नसकिँदै समयसीमा सकियो

चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) रि–डिजाइनको काम नसकिँदै समयसीमा सकिएको छ। परिवर्तन गरिएको डिजाइन नआउँदैमा समयसीमा सकिएको हो।

रसुवागढी नाका जोड्ने गल्छी–मैलुङ सडकमा २५ किलाेमिटर कालोपत्रे

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–मैलुङ सडकखण्डमा २५ किलोमिटर कालोपत्रे गरिएको छ। कोभिड–१९, स्थानीयको अवरोध तथा अदालतको स्टे अडरको बाबजुद पनि २५ किलोमिटर क्षेत्रमा कालोपत्रे गरिएको हो।

स्याफ्रु–रसुवागढी सडक खण्डको पोल हटाउन अझै डेढ महिना लाग्ने

स्याफ्रु र टिमुरेमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले राइट अफ वे दिएपछि मात्र बाँकी क्षेत्रमा काम अघि बढाउन सकिने केन्द्र प्रमुख प्रेम बहादुर भण्डारीले बताए।

पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

वर्षाको कारण आएको पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि बिहानैदेखि सवारी साधन सञ्चालन भएका छैनन्।

बर्खाको समयमा निर्वाध रूपमा सवारी सञ्चालन गर्नका लागि पूर्ण तयारी

पासाङ ल्हामु मार्गमा बर्खाको समयमा निर्वाध रूपमा सवारी साधन सञ्चालन गर्नका लागि पूर्ण तयारी गरिएको छ।

११ महिनामा १९४ वटा खाद्य नमुना परीक्षण

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।

रसुवागढी नाका जोड्ने सडक ६ दिनपछि सञ्चालन

स्याफ्रु रसुवागढी सडक खण्डमा झरेको पहिरो पन्छाउने काम सकिएसँगै सडक सञ्चालनमा आएको हो। पहिरोले सडक पुरै लगेपछि ब्लाष्टिङ गरेर सडक सञ्चालनमा ल्याइएको हो।

मैलुङ–स्याफ्रु सडक बर्खाभर सञ्चालन नहुने

नेपाल र चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्माण गरिएको मैलुङ–स्याफ्रु सडक खण्ड बर्खाभर सञ्चालनमा नआउने भएको छ। १७ किलोमिटरको यो सडकको विभिन्न स्थानमा पहिरो गएकाले बन्द भएको हो।

११ महिनामा १ सय ९४ वटा खाद्य सामग्रीको नमूना परीक्षण

आएका सामग्रीमध्ये भदौ १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७, चैतमा ६७, बैशाखमा १० र जेठमा २१ वटा सामग्रीको नमुना परीक्षण गरिएको कार्यालयले जनाएको छ।

रसुवागढी नाकाबाट १० हजार सिलिण्डर आयात

कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन्।

फर्जी समितिद्वारा रसुवागढी नाकामा नयाँ प्रणाली लागु प्रयास

रसुवा पोर्ट म्यानेजमेन्टले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नयाँ प्रणाली अगाडि बढाएको छ । सरकारी कागज किर्ते गरेर बनाइएको उक्त कमिटीले क्रेनबाट सामग्री हाल्ने प्रक्रिया अघि बढाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्