२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

पर्यटकमाथि शुल्कको भार थोपर्दै गाउँपालिका

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पर्यटकसँग प्रवेश शुल्कका नाममा पर्यटन शुल्क उठाउने भएको छ। गाउँपालिकाले एक सूचना निकालेर चैत १ गतेदेखि पर्यटकसँग पर्यटन शुल्क उठाउने जनाएको हो। योसँगै अब पर्यटकले तेहेरो शुल्क तिर्नुपर्ने भएको छ।

पुस अन्तिम साता अध्यक्ष कप भलिबल

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।गाउँपालिकाले आगामी पुस २६ गतेदेखि २८ गते सम्म दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गर्ने निर्णय गरेको हो।

ब्रतबन्धको निम्तो मान्न पुगेका जनप्रतिनिधिले जातीय विभेद गरेको आरोप

सहभोज गर्नबाट रोकेपछि उनले भनेका थिए, ‘मैले यहाँ खाए के हुन्छ र?’ तर तिनै भान्से सीताले यो त बाहुन भान्सा हो। यहाँ ब्राह्मण क्षेत्रीले मात्र खाने हो। यो भान्सामा हाम्रा बुबाआमाहरु हुनुहुन्छ। तिमीहरुले छोएको खानु हुँदैन’ भनेर जातीय विभेद गरेको नारायणको आरोप छ।

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ।

माछापुच्छे अलैँची जोनको अनुगमन

माछापुच्छ्रे मर्दी अलैँची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दीपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयनमा विर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताए।

माछापुच्छ्रेको केन्द्र जोड्ने सडक अलपत्र

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प छ।

सुन्दर पोखराको अर्को आकर्षण: ल्वाङ गाउँको चियाबारी

पूर्वी पहाडको चियाबगानको झझल्को मेटाउने यही चियाबारीका कारण पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। पोखरादेखि २० किलोमिटरको दूरीमा र समुद्र सतहदेखि एक हजार चार सय मिटरको उचाइमा रहेको ल्वाङ पुग्न यातायातको सहजताले पनि अहिले घुम्न जाने पर्यटकलाई सहज बनेको छ।

गर्मीले आत्तिँदै, डाँडाकाँडा उक्लिँदै

पोखराको पछिल्लो तापक्रम ३५ डिग्री सेल्सियससम्म उक्लेको छ। तीन वर्षअघिको रेकर्ड तोड्दै तापक्रमले उच्च बिन्दु लिँदा यहाँ दिनको समयमा चहलपहल घटेको छ।

माछापुच्छ्रेमा सुविधासम्पन्न बृद्धाश्रम बनाईने

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आवासीय बृद्धाश्रम बन्ने भएको छ। आमा स्मृति फाउण्डेसनको पहलमा माछापुच्छ्रे गाउँपालिकाको घाचोकस्थित देउपुजे भन्ने ठाउँमा ७ करोड ५३ लाख ७५ हजार रुपैयाँको लागतमा आवासीय वृद्धाश्रम ‘नाना मोहन आश्रम’ बनाउन लागिएको हो।

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द

गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि सुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट ट्रेसिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा सङ्क्रमण पुष्टि भएको बताइन्छ। सङ्क्रमितहरु भ्रमणमा गएका र उनीहरुका परिवारका सदस्य रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्