३ पुस २०८१ बुधबार
image/svg+xml

कुखुरा मरेपछि कृषक चिन्तित

प्रदेश ३ को राजधानी हेटौंडा उपमहानगरपालिकामा कुखुरा मर्न थालेपछि कृषक चिन्तित भएका छन्। हेटौंडाको वडा नम्बर ७, ८ र ११ मा अण्डा र मासुका लागि पालिएका करिब १५ हजार कुखुरा एक सातामै मरेका छन्।

धमाधम कुखुरा मर्न थालेपछि कृषक चिन्तित, उपभोक्तामा त्रास

उपमहानगरपालिकामा हजारौं कुखुरा धमाधम मर्न थालेपछि कृषकहरू चिन्तित भएका छन्। हेटौंडा ७, ८ र ११ नम्बर वडामा रोगका कारण एक सातामै किसानका करिब १५ हजार कुखुरा मरेका छन्।

ठुलो परिमाणको बोइलर कुखुरा बरामद

ठुलो परिमाणको प्रतिबन्धित भारतीय बोइलर कुखुरा बाँकेमा बरामद गरिएको छ। अबैध नाकाबाट तस्करी गरेर भित्र्याएको करिब डेढ क्वीन्टल कुखुरालाई प्रहरी चौकी राधापुरले खजुरा गाउँपालिका वडा नम्बर १ बेलडाँडाबाट बुधबार बिहानपख बरामद गरेको हो।

कुखुराको दानाको मूल्य अहिलेसम्मकै उच्च

कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ। दाना उद्योगीको भेलाले प्रतिबोरा १५० का दरले दानाको मूल्य बढाएको हो। दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए।

मकैमा परनिर्भरता चुलिँदो

कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर भनिए पनि कुखुरा दानाको मुख्य कच्चा पदार्थ मकैमा भने बर्सेनि परनिर्भरता चुलिँदो छ। यसबाट नेपाली पैसामात्रै विदेशिएको मात्रै नभई फस्टाउँदो कुखुरापालन व्यवसायमाथि नै चुनौती थपिएको छ।

कुखुरापालक किसानको आन्दोलन स्थगित

उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग राखेर पुस १ गतेबाट कुखुरापालक किसानले गरेको चिक्स होलिडे स्थगित गरेका छन्। लागत अनुसारको मूल्य निर्धारण गरिनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने लगायत माग राखेर किसान आन्दोलन गर्दै आएका छन्। किसानको आन्दोलनको सुनुवाइ नभएको भन्दै पुस एक गतेदेखि कुखुराका चल्ला नकिन्न चिक्स होलिडे गरेका थिए।

मकै महंगिँदा कुखुरा दानाको भाउ बढ्यो

नेपालका दाना उद्योगीले कुखुराको सबैखाले दानाको भाउ बढाएका छन्। आइतबारदेखि लागू हुनेगरी उद्योगीले प्रतिकिलोमा अढाई रुपैयाँ भाउ बढाएका हुन्।

‘कृषि क्षेत्रको विकास विना समृद्धि असम्भव’

संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनालले कृषकहरुको जीवनमा परिवर्तन नआई कृषिप्रधान देशको अवस्थामा सुधार नआउँने बताएका छन्।

‘चिक्स होलिडे’ गर्दै कुखुरापालक किसान

लागत मूल्य नपाउँदा कुखुरापालक किसानले आन्दोलन सुरु गरेका छन्। बिचौलियाका कारण किसान घाटामा गएको भन्दै किसान आन्दोलनमा उत्रिएका हुन्। उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग किसानले राखेका छन्। किसानका माग सम्बोधन नभए पुस १ गतेदेखि ‘चिक्स होलिडे’ गर्ने नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले जानकारी दिए।

कुखुरा दानाको भाउ बढ्यो

दुई महिनाअघि मात्रै कुखुराको सबै खाले दानामा भाउ बढाएका दाना उद्यमीहरुले फेरि भाउ बढाएका छन् । शनिबारबाटै लागू हुने गरी प्रति ५० किलो बोरा दानामा ७५ रुपैयाँ बढाएका हुन्।

बिचौलियाको मारमा कुखुरापालक किसान

भरतपुर महानगरपालिका–२० का मदन बरालको खोरमा अहिले ५२ दिन पुगेका कुखुरा छन्। ब्रोइलर पाल्दै आएका उनले ८० रुपैयाँ गोटामा दुई हजार चल्ला राखेका थिए।

तीन दिनमै कुखुराको भाउ घट्यो

काठमाडौं उपत्यकाका कोल्ड स्टोरहरुले ब्रोइलर कुखुराको खरिद मूल्यमा प्रतिकिलो १० रुपैयाँ घटाएका छन्। उनीहरुले शुक्रबारमात्रै १० रुपैयाँ घटाएका थिए। अब किसानले कोल्ड स्टोरबाट जिउँदो ब्रोइलरको एक सय ८० रुपैयाँ मूल्य पाउने छन्।

मासिक डेढ लाख कुखुरा चल्ला आयात

मुलुक कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भए पनि ब्रोइलर कुखुरा उत्पादन गर्ने प्यारेन्ट चल्ला भने विदेशबाट आयात भइरहेको छ।

दाना र चल्लाको भाउ बढ्यो, मासुको घट्यो

नेपालका दाना र ह्याचरी उद्योगले कुखुराको दाना र चल्लाको भाउ बढाएका छन् । दानामा प्रतिबोरा (५० किलो) ७५ देखि एक सय रुपैयाँसम्म बढाएका छन् । ब्रोइलरको एकदिने चल्लामा भने पाँच रुपैयाँ बढाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्