१५ असार २०८१ शनिबार
image/svg+xml

स्ववियु निर्वाचनकाे नयाँ कार्यतालिका सार्वजनिक (तालिका)

त्रिभुवन विश्वबिद्यालयले स्ववियु निर्वाचनका लागि तय भएकाे नयाँ मितिअनुसार नयाँ निर्वाचन तालिका सार्वजनिक गरेकाे छ। विद्यार्थी संगठन र त्रिवि पदाधिकारहरूकाे छलफलले बिहीबार साँझ गरेकाे सहमति अनुसार नै फागुन १८ गते स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन गर्न शुक्रबार कार्यतालिका सार्वजनिक गरेको हाे। त्रिवि कार्यकारी परिषद्को शुक्रबारको बैठकले सार्वजनिक गरेकाे नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने ।

स्ववियु निर्वाचनले त्रिभुवन बहुमुखी क्याम्पसमा चहलपहल बढ्याे

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिकासहित आचारसंहिता जारी गरेसँगै जिल्लामा निर्वाचनको माहोल बढेको छ। जसका कारण त्रिभुवन बहुमुखी क्याम्पसमा विद्यार्थी चहलपहलले तीव्रता पाएको छ।

स्ववियु निर्वाचन फागुन २१ लाई सार्ने सहमति

फागुन १४ का लागि तय भएको स्ववियु निर्वाचन सार्न प्रमुख विद्यार्थी संगठनहरु सैद्धान्तिक रुपमा सहमत भएका छन्। अाैपचारिक निर्णयका लागि विद्यार्थी संगठनका नेताहरुको बैठक बिहीबार दिउँसो २ बजे त्रिभुवन विश्वविद्यालयमा बोलाइएको छ।

स्ववियु चुनाबको सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले स्वतन्त्र विद्यार्थी यूनियनको चुनाबका लागि सबैखाले सुरक्षा मिलाउन सुरक्षा निकाय प्रमुखहरुलाई निर्देशन दिएका छन्। फागुन १४ गतेका लागि स्ववियु चुनाब तय भएको छ। सो चुनाबका लागि अख्तियार गर्नुपर्ने सुरक्षाका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा गृहमन्त्री निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन्।

'प्रधानमन्त्री स्ववियु चुनाव चाहँदैनन्'

गत पुस २० गते त्रिभुवन विश्वविद्यालयको साधारणसभा अध्यक्षता ग्रहण गर्दै कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्तव्यमा स्ववियु चुनाव नहुने संकेत गरेका थिए। 'संस्थाको जीवन्तताका लागि स्ववियु निर्वाचन अपरिहार्य छ,' प्रधानमन्त्री दाहालले भनेका थिए, 'तर स्ववियु निर्वाचनले स्थानीय चुनावमा प्रभाव नपारोस्।'

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु

त्रिवि यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ। निर्वाचन कार्यतालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक प्रा डा सुधा त्रिपाठीले जानकारी गराए।

स्ववियु चुनावमा राष्ट्रिय झन्डा

एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव प्रचारमा राष्ट्रिय झन्डा प्रयोग गरेको छ। अनेरास्ववियुका विद्यार्थीले ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस प्रांगणमा राष्ट्रिय झन्डा गाडेर चुनाव प्रचार सुरु गरेका हुन्।

अनेरास्ववियुको ११ हजार सदस्यीय निर्वाचन परिचालन कमिटी

अनेरास्ववियुले स्ववियु निर्वाचनको तयारी थालेको छ। अनेरास्ववियुको स्थायी कमिटी बैठक स्ववियु निर्वाचनको परिचालनको लागि नविना लामाको संयोजकत्वमा ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचिलन समिती बनाएको छ।

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन १४ गते मतदान

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

स्ववियु चुनाव फागुन १४ गते

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन १४ गतेका लागि तोकेको छ। यस्तै  निर्वाचनका लागि उम्मेदवारको उमेर हदबन्दी २८ वर्ष कायम गर्ने विषयमा विद्यार्थी संगठनहरू सहमत भएका छन्।

तीन दिनभित्रमा स्ववियु निर्वाचन आचारसंहिता : शिक्षाध्यक्ष त्रिपाठी

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले तीन दिनभित्रमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न बताएका छन्।

स्ववियु निर्वाचनको बहस

अनेक बहानामा टारिँदै आएको स्ववियु निर्वाचन यस वर्ष पनि षड्यन्त्रकारीहरुकै कुनियतको सिकार बन्ने अवस्था छ।

२८ वर्ष नाघेका विद्यार्थी स्ववियु उम्मेदवार हुन नपाइने

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ। आज बसेको त्रिविको ४२ औं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गङ्गावहादुर थापाले जानकारी दिए।

संविधान संशोधनको विरोधमा युवा संघ र अनेरास्ववियु

संविधान संशोधनको विरोध गर्दै नेकपा एमालेका भातृ संगठनले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन्। अनेरास्ववियू र युवा संघले संयुक्तरुपमा विरोधका कार्यक्रम घोषणा गरेका हुन्।

फागुनमा स्ववियु निर्वाचन गर्न सबै सहमत

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनहरुसँग छलफल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्