१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु

काठमाडौं- त्रिवि यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ। निर्वाचन कार्यतालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक प्रा डा सुधा त्रिपाठीले जानकारी गराए।

उनका अनुसार निर्वाचनका लागि आज देशभरका त्रिविका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गर्नेछन्। 

कार्यतालिकानुसार मङ्गलबार अपराह्न १ बजेसम्म मतदाता सूचीमाथि दाबी विरोध गर्ने र दाबी विरोधमाथि छानबिन गरी मङ्गलबार नै साँझ ५ बजेसम्म अन्तिम नामावाली प्रकाशन गरिनेछ। 

यसैगरी यही फागुन ४ गते उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिने, फागुन ५ गते बिहान ११ देखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गरिने, फागुन ५ गते अपराह्न ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गरिने र फागुन ६ गते उम्मेदवारको नामावलीमाथि दाबी विरोध गरिने कार्यतालिका छ। 

कार्यतालिकानुसार फागुन ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिने, फागुन ८ गते अपराह्न ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिइने र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तथा फागुन १४ गते मतदान हुने डा त्रिपाठीले जानकारी गराए। 
त्रिविले २०६५ सालयता आठ वर्षपछि स्ववियु निर्वाचन २८ वर्षीय उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्न थालेको छ। त्रिविले दुई पटक निर्वाचन घोषणा गरे पनि विद्यार्थीको विवादका कारण हुन सकेको थिएन। निर्वाचनमा सहभागी विद्यार्थी सङ्गठनले आजसम्म क्याम्पस निर्वाचन समितिमा सङ्घसङ्गठन दर्ता गराउने अन्तिम मिति तोकिएको छ। रासस 

प्रकाशित: १ फाल्गुन २०७३ ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App