एमालेले २६ वर्षदेखि ‘खाता’ खोल्न नसकेको जिल्ला
एमालेले २०५६ सालमा देवीलाल थापालाई जिताएपछि चुनाव जित्ने सीप नै बिर्सिएको जस्तो देखिन्छ। त्यसयता भएका हरेक निर्वाचनमा पार्टी आफ्नै आन्तरिक कलह, गुटबन्दी र नेतृत्वको अहंकारले घाइते बनेको छ। एमाले कार्यकर्ता ‘पार्टीभित्रको झगडा रोक्न सके मात्रै महत जित्छन्,’ भन्छन्। एमालेको सबैभन्दा ठुलो डर विपक्षी दल होइनन्, आफ्नै पार्टीभित्रको गुटबन्दी हो।

