२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चार मिनेटमा २ गोल, एभर्टनले क्रिष्टल प्यालेसलाई हरायो

इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा एभर्टनले दुवै गोल ४ मिनेटको अन्तरमा गरेको थियो।

यु–१९ महिला टोलीको बिदाइ, सोमबार थाइल्याण्ड जाने

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।

एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ। विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बिबी ट्रस्टमार्फत चन्द्रागिरि नगरपालिकामा रहेको वेष्ट काठमाडाैं फुटबल क्लबलाई सहयोग गर्ने भएको हो।

नेविल कप फुटबलको उपाधि डाँगीहाट युवा क्लबलाई

सुनसरीको प्रकाशपुरमा सम्पन्न दोस्रो नेविल ओभरसिज नकआउट फुटबलको उपाधी डाँगीहाट युवा क्लब बेलबारीले जितेको छ। फाइनलमा गोधुली फुटबल क्लब धरानलाइ ३–१ ले हराउँदै डाँगीहाटले उपाधि कब्जा गरेको हो।

युइएफए नेसन्स कपः विश्व विजेता फ्रान्ससँग जर्मनी स्तब्ध

युइएफए नेसन्स कप फुटबलमा विश्व विजेता फ्रान्सले जर्मनीलाई २–१ ले पराजित गरेको छ।

मैत्रीपूर्ण फुटबलः अर्जेन्टिनाविरुद्ध ब्राजिलको संघर्षपूर्ण जित

मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले अर्जेन्टिनालाई १–० ले पराजित गरेको छ।

एन्फाले अपमान गरेको आरोप

पूर्व फिफा सहायक रेफ्री किरण गिरीले अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्वाग्रही हुँदा आफू थाइल्यान्डबाट अपमानजन ढंगले नेपाल फर्कनुपरेको आरोप लगाएका छन्।

मनाङद्वारा ब्रिगेड पराजित, पहिलाे खेलमै अाेलावालेकाे दुर्इ गाेल

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आफ्नो पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ।

एपिएफसँग बराबरीमा रोकियो हिमालयन शेर्पा क्लब

पल्सर शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल गोलरहित बराबरीमा सकिएको छ।

मैत्रीपूर्ण फुटबलः स्पेन र अर्जेन्टिना विजयी, फ्रान्स बराबरीमा रोकियो

मैत्रीपूर्ण फुटबल खेलमा स्पेनले वेल्सलाई ४–१ ले पराजित गरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा स्पेनको जितमा खेलको ८ र २९ औं मिनेटमा पाको अल्कासेर, १९ औं मिनेटमा सर्जियो रामोस र ७४ औं मिनेटमा मार्स बार्ताले गोल गरे।

‘रोनाल्डोमाथिको आरोप कपोलकल्पित’

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन्।

हेमन्त चुक्दा च्यासलले अंक बाँड्यो

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधवारकाे खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्।

विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन्। भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्न लागेका हुन्। अन्तिम समयमा च्यासल युथ क्लबमा अनुबन्धित भएका विमलले सोही क्लबबाट कप्तानको भूमिकासहित आज ‘ए’ डिभिजन लिगमा डेब्यु गर्ने क्लबले जनाएको छ।

उपविजेतामा सिमित महिला यु-१८ फुटबल टोली स्वदेश फिर्ता

साफ यु-१८ महिला च्याम्पियनसिपमा सहभागिता जनाएकाे नेपाली टाेली स्वदेश फर्किएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्