२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

युइएफए नेसन्स कपः विश्व विजेता फ्रान्ससँग जर्मनी स्तब्ध

काठमाडौं – युइएफए नेसन्स कप फुटबलमा विश्व विजेता फ्रान्सले जर्मनीलाई २–१ ले पराजित गरेको छ। मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले १–० ले पछि परेकोे स्थिति उल्ट्याउँदै जर्मनीविरुद्ध पुनरागमन जित निकालेको हो।

खेलको १४ औं मिनेटमा टोनी क्रुसले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता जोगाउन नसक्दा जर्मनी पराजित भयो। फ्रान्सका लागि एन्टोनीयो ग्रीजम्यानले खेलको ६२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

त्यसपछि खेलको ८० औं मिनेटमा ग्रीजम्यानले पेनाल्टीमा गोल गर्दै खेल २–१ को अवस्थामा ल्याएका थिए। तर त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि फ्रान्स विजयी भयो।

जितसँगै फ्रान्सले लिग ‘ए’ समूह एकबाट प्ले अफमा स्थान पक्का गरेको छ। यता, जर्मनी भने रेलिगेसनमा परेको छ। रुस विश्वकपको समूह चरणबाट बाहिरिएको जर्मनीको यो लगातार खराब प्रदर्शन हो।

 

प्रकाशित: ३१ आश्विन २०७५ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App