२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

उपविजेतामा सिमित महिला यु-१८ फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं - साफ यु-१८ महिला च्याम्पियनसिपमा सहभागिता जनाएकाे नेपाली टाेली स्वदेश फर्किएकाे छ। भुटानमा भएकाे  प्रतियाेगितामा नेपाल बंगलादेशसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भएकाे थियाे। नेपाल फाइनलमा बंगलादेशसँग १-० गाेलले पराजित भएकाे थियाे। सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फा पदाधिकारीले स्वागत गरेका थिए। यसअघि एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा बसेको आकस्मिक कार्यसमितिको बैठकले उपविजेता टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने घाेषणा गरेकाे छ।

प्रकाशित: २४ आश्विन २०७५ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App