११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बालुवाटारस्थित सुबिसु इन्टरनेटको भवनमा आगलागी (फाेटाे फिचर)

बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु भवनमा बुधबार भीषण आगलागी भएको छ। दिउँसो करिब साढे १२ बजेकाे आगलागी भएको स्थानमा आगो निभाउन सेना, प्रहरी तथा काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ।

बालुवाटार जग्गा हिनामिनामा संलग्न पूर्वप्रधानमन्त्री र मन्त्रीहरुलाई कारवाही गर्न माग

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालुवाटारको सरकारी जग्गा हिनामिनामा संलग्न शक्तिशाली व्यक्ति तथा राजनीतिक पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ।

बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको शनिबार साँझ छुट्टै बैठक बसेको हो।

बालुवाटारमा ४ घण्टा लामो छलफलपछि टुंगियो नेकपाको एकता प्रक्रिया

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकता प्रक्रिया टुंगिएको छ। नेकपाका महासचिव विष्णु पौडेलले एकता प्रक्रियाका सम्पूर्ण गृहकार्य सम्पन्न भएको बताए। ‘एकताको गृहकार्य हार्दिकताका साथ सम्पन्न भएको छ’, बालुवाटारमा शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पौडेलले भने, ‘गृहकार्यको निष्कर्ष छिट्टै बस्ने सचिवालय बैठकमा प्रस्तुत हुन्छ। निर्णय गरेर कार्यान्वयनमा जान्छ। सम्पूर्ण विषयमा गृहकार्य सकिएको छ।’

प्रधानमन्त्री ओलीले लिए 'राष्ट्रिय परिचयपत्र'

सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ।

उपसचिवसहित पाँच कर्मचारीलाई बयानमा बोलाइयो

अनुसन्धानकै क्रममा २०४९ र २०६२ सालमा डिल्लीबजार मालपोत कार्यालय प्रमुख रहेका क्रमशः कलाधर देउजा र टीकाराम घिमिरेले आयोगमै पुगेर बयान दिइसकेका छन्।

सरकारले बालुवाटारको जग्गा सांसदलाई दियो: देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक र गुठी जग्गा सांसद्हरुलाई दिने काम गरेको आरोप लगाएका छन्।

अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नताबारे छानबिन सुरु

ललिता निवासलगायत सरकारी जग्गामा अनियमितताको समाचार बाहिर आएपछि बालुवाटार तथा त्यस वरपर क्षेत्रका करीब ४८५ कित्ता जग्गा रोक्का गरेको मन्त्रालयले त्यसमा संलग्न कर्मचारी, भूमाफियालगायत अन्य पक्षको अनुसन्धान गर्न लागेको हो।

विष्णु पौडलसँगै देउवामाथि पनि छानबिन हुने

सरकारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न जोकोही भए पनि कारवाही हुने स्पष्ट पारेको छ। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बालुवाटार जग्गा खरिद प्रकरणमा तथ्य र प्रमाणबाट दोषी जोकोहीलाई पनि कारवाही गरिने स्पष्ट पारेका हुन्।

प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय मेरो हो, म नै जिम्मा लिन्छु : पूर्वप्रधानमन्त्री नेपाल

प्रकरणले ठूलै रुप लिएपछि उनले प्रधानमन्त्री कार्यालय विस्तार गर्ने निर्णय आफ्नो भएको भन्दै यसको जिम्मा आफूले लिने बताए। यस प्रकरणमा वरिष्ठ नेता नेपाल पनि मुछिएको भन्दै पछिल्लो समय उनीमाथि पनि अनुसन्धान हुनुपर्ने माग उठ्दै आएको थियो।

‘बालुवाटार जग्गाको गम्भीरतापूर्वक छानविन होस्, दोषी ठहरिए दण्ड भोग्न तयार छु’

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको गम्भीरतापूर्वक छानविन गर्न माग गरेका छन्। सोमवारदेखि सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले ललितानिवास जग्गा कब्जा प्रकरणमा आफ्नो नाम पनि मुछिएको स्मरण गर्दै गम्भीरतापूर्वक छानविन हुनुपर्ने माग राखेका हुन्। नियतवश संलग्नता रहेकालाई दण्ड दिनुपर्ने भन्दै दोषी ठहरिए आफू दण्ड भोग्न तयार रहेको उनको भनाई छ।

मन्त्री अर्यालको दाबी– विष्णु पौडेलको छोराले बालुवाटारमा किनेको जग्गा वैधानिक

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल नेकपा महासचिव विष्णु पौडेलको बचाऊमा उभिएका छिन्। महासचिव पौडेलको छोराको नाममा बालुवाटारमा रहेको सर्वजनिक जग्गा वैधानिक भएको मन्त्री अर्यालको दाबी छ।

बालुवाटारमा ‘बर्थडे केक’ काटेर मन्त्रिपरिषद बैठकको सुरुवात

मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको जन्मदिनको अवसरमा केक काटेर प्रधानमन्त्री केपी शर्मा ओलीले क्याविनेट बैठक शुभारम्भ गरेका हुन्।

मन्त्रिपरिषद् पुनर्गठनको तयारी : अध्यक्ष दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले आफूसँग छलफल गरेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्