२ मंसिर २०८१ आइतबार
image/svg+xml

शिक्षक बेपत्ता पार्नेलाई पाँच वर्ष कैद, वडाध्यक्ष छुटे

रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका २ पेल्मामा रहेको आधारभुत विद्यालय शिक्षक मख्खन केसीलाई वेपत्ता पारेको अभियोगमा दुई जनालाई पाँच वर्षको कैद सजायँ तोकिएको छ। शिक्षक केसी गत भदौ १४ देखि वेपत्ता छन्।

भारतीय फुटबल टिमकाे मुख्य प्रशिक्षकमा क्रोएसियाका स्टिमेक

भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षकमा क्रोएसियाका इगोर स्टिमेक नियुक्त भएका छन्।

प्रअमाथि दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

खोटाङमा मापसे गरेर प्रधानाध्यापकमाथि हातपातको प्रयास गर्ने शिक्षक पक्राउ परेका छन्। व्यवस्थापन समितिको बैठक चलिरहेको समयमा मादक पदार्थ सेवन गरेर प्रअमाथि हातपात गर्न खोजेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई पक्राउ परेका हुन्। सट्टा शिक्षक राख्ने विषयमा शुक्रबार बसेको व्यवस्थापन समितिको बैठकमा शिक्षक राईले प्रअ टेकबहादुर राईमाथि हातपातको प्रयास गरेका थिए। सोही आरोपमा शिक्षक खेमराजलाई इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएको हो।

शिक्षक भर्ती सेवा आयोगबाट मात्रै : मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताएका छन्।

अस्थायी शिक्षकलाई स्वतः स्थायी गराउन नसकिने शिक्षा मन्त्री पोखरेलको स्पष्टोक्ति

सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पष्ट पारेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने प्रष्ट पारेका हुन्।

नगरपालिकाद्वारा स्थायी शिक्षक स्वीकार

हलेसी तुवाचुङ नगरपालिकाले जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयले नियुक्ति दिएर पठाएका स्थायी शिक्षक स्वीकार गरेको छ। सुरुमा शिक्षा समन्वय एकाइले समन्वय नगरी स्थायी शिक्षक पठाएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको नगरपालिका आफ्नो निर्णयमा लचिलो बनेको हो।

स्थानीय तहसँग समन्वय नगरी शिक्षक नियुक्ती गरिँदा समस्या

विद्यालय शिक्षाको व्यवस्थापन (बालशिक्षा कक्षा– १२ सम्म) स्थानीय तहमा गए पनि चुस्त व्यवस्थापन अभावमा शिक्षक व्यवस्थापनमा चुनौती थपिएको छ।

उत्तर सिकाएर शिक्षक नियुक्त गरेको आरोप

वैैशाख १८ गते बडिमालिका नगरपालिका ८ मष्टेश्वरी आधारभूत विद्यालयले लिएको शिक्षक भर्ना परीक्षामा प्रश्नपत्र बाहिरिएको उम्मेदवारहरुले नै आरोप लगाएका छन्।

पढाइ सीप विकासका लागि शिक्षक तालिम

प्रारम्भिक कक्षाका बालबालिकामा पढाइ सीपको विकासका लागि नेचासल्यान गाउँपालिकामा शिक्षक तालिम आयोजना गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोग र रिड नेपालको प्राविधिक सहयोगमा सो तालिम आयोजना गरिएको हो।

शिक्षक संगठनका उपाध्यक्ष पक्राउ

प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ।

वेपत्ता भएको पाँच दिनपछि शिक्षकको शव फेला

सल्यानमा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका–१४ का दिलबहादुर गिरी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सोही ठाउँमा रहेको लक्ष्मी आधारभुत विद्यालय पानी खोलाका शिक्षक गिरी गत शुक्रबारदेखि वेपत्ता भएका थिए।

स्थानीय निकायसँग समन्वयनै नगरी नियुक्ती दिँदा शिक्षक व्यवस्थापनमा समस्या

विद्यालय शिक्षाको व्यवस्थापन (बालशिक्षाकक्षा– १२सम्म) कानुनतः स्थानीय सरकारको जिम्मेवारीमा गइसकेको छ। यस अर्थमा विद्यालय शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारले नै गर्नुपर्छ। तर अझै पनि शिक्षामा केन्द्रीकृत मानसिकता हावी भएकाले विद्यालय शिक्षाको व्यवस्थापनमै चुनौती थपिँदै गएको छ। जसको ज्वलन्त उदाहरण हालै गरिएको शिक्षक व्यवस्थापन बनेको छ।

तीन विद्यालय शिक्षकविहीन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन विद्यालय शिक्षकविहीन बनेको छ। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित जालन्धर प्रावि, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बालकन्या प्रावि र डिकुवाकै बरगाछी प्रावि बलुई चैतदेखि शिक्षकविहीन बनेको हो। जालन्धर प्राविमा

स्थानीय निकायसँग समन्वयनै नगरि शिक्षक नियुक्तिपत्र बाड्दा ब्यवस्थापनमै चुनौती

विद्यालय शिक्षाको ब्यवस्थापन(बालशिक्षाकक्षा– १२सम्म) कानूनतः स्थानीय सरकारको जिम्मेवारीमा गइसकेको छ। यस अर्थमा विद्यालय शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारलेनै गर्नु पर्छ। तर अझै पनि शिक्षामा केन्द्रीकृत मानसिकता हावी भएकोले विद्यालय शिक्षाको ब्यवस्थापनमै चुनौति थपिन्दै गएको छ। जसको ज्वलंत उदाहरण हालै गरिएको शिक्षक ब्यवस्थापन बनेको छ।

तीन विद्यालय शिक्षकबिहीन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन विद्यालय शिक्षकबिहीन बनेको छ। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित जालन्धर प्रावि, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बालकन्य प्रावि र डिकुवाकै बरगाछी प्रावि बलुइ चैतदेखि शिक्षकबिहीन बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्