१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

घटस्थापनासँगै भक्तपुरमा नौराते मेला सुरु

शनिबार दसैं सुरु भएसँगै भक्तपुरमा नौराते मेला पनि सुरु भएको छ। पहिलो दिन भक्तपुरको ब्रह्मायणीको मेला लागेको छ। भक्तपुरको पूर्वमा अवस्थित ब्रम्हायणीमा मेला भर्न आउने श्रद्धालु भक्तजनको शनिबार दिनभर भीड लाग्यो।

छुट्टाछुट्टै घटनामा भक्तपुरमा छ जनाको मृत्यु

पोखरी र घरमा बनाइएको भूमिगत पानी ट्यांकीमा डुबेर दुई बालकको सोमबार साँझ ज्यान गएको छ । काभ्रेपलाञ्चोक मङ्गलटार घर भई हाल भक्तपुर नगरपालिका–४ नागपोखरी बस्दै आएका जङ्गे तामाङका दुई वर्ष चार महिनाको छोरा अनिल नजिकैको पोखरीमा डुबेपछि उपचारका लागि सिद्धिस्मृति अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए।

भक्तपुरमा आज पुलुकिसी

इन्द्रजात्राको अन्तिम दिन मंगलबार भक्तपुरमा पुलुकिसी जात्रा हुँदैछ। जात्रा साँझ भक्तपुर नगरपालिका–१२ लाकुलाछेंबाट सुरु हुन्छ।

भक्तपुरमा सिद्धपोखरी मेला

भक्तपुरमा शुक्रबार सिद्धपोखरी मेला लाग्दैछ। काठमाडौंबाट भक्तपुर नगर प्रवेश गर्ने नगरको सुदुर पश्चिममा रहेको दूधपाटीस्थित सिद्धपोखरीमा शुक्रबार मेला लाग्दैछ। भक्तपुर नगरपालिका वडा नं १७ स्थित यो पोखरीमा प्रत्येक वर्ष इन्द्रजात्रामो भोलिपल्ट यसरी नै विशेष मेला लाग्ने गर्दछ। मेला भर्न भक्तपुरसहित काठमाडौं  उपत्यकाभरबाट हजारौं श्रद्धालु पोखरीमा पुग्छन्।

भक्तपुरमा उठाइयो २१ लिंगो

भक्तपुर-भक्तपुरका २१ टोलमा मंगलबार बिहान इन्द्रजात्राका मनाउन २१ वटा लिंगो ठड्याइएका छन् । वर्षाका देवता इन्द्रको प्रतीकका रुपमा लिंगो ठड्याएर भक्तपुरवासी एक साता इन्द्रजात्रा मनाउने गर्छन् ।

टाेकियाेकाे एभरेस्ट स्कूलद्वारा भक्तपुरमा स्कूल निर्माण

गत वर्ष गएको भूकम्पले क्षति पुगेको भक्तपुरको सूर्य विनायकस्थित महांकालेश्वर प्राथमिक विद्यालयको पुनः निर्माण पछि बुधबार भवन उद्घाटन गरिएको छ।

‘रगत नपाए भक्तपुर जानु’

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले दैनिक रक्तदान अभियान सुरु गरेको छ । ‘रगत नपाए भक्तपुर जानु’ भन्ने नारालाई चरितार्थ गर्दै शाखाले रगतको अभाव हुन नदिन यो अभियान सुरु गरेको हो ।

गाईजात्राका लागि भग्नावशेष पन्छाउँदै भक्तपुरवासी

भूकम्प गएको एक वर्ष ४ महिना हुन लाग्दासमेत पन्छाउन नसकिएको भग्नावेश पन्छाउन भक्तपुरवासी आफैं जुट्न थालेका छन्। सरकारी मुख ताक्दा ताक्दा गाइजात्रा मुखैमा आइपुगेपछि नगरवासी आफैं भग्नावशेष पन्छाउन सक्रिय भएका हुन्।

भक्तपुरमा गाईजात्राको तयारी

नजिकिँदै गरेको गाईजात्रामा प्रदर्शन हुने विभिन्न नाच, नाटक, प्रहसनको तयारी भक्तपुरका टोलटोलमा हुन थालेको छ । यस वर्ष गाईजात्रा भदौ ३ गते शुक्रबार परेको छ ।

भक्तपुरको वारुणयन्त्र समस्यामा

भक्तपुरको पिलाछेँमा आठ दिनअघि ग्यास सिलिन्डर पड्केर सूर्यमान नकर्मीको घरमा आगलागी भयो। नकर्मीले तुरुन्तै जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरमा खबर गरे पनि दमकल नपुगेपछि करिब ७०/८० लाख रुपैयाँ बराबरको मालमत्ता नष्ट भयो। वारुणयन्त्रको दमकल तयारी अवस्थामा नभएका कारण समयमै पुग्न नसक्दा नकर्मीको क्षति धेरै भयो।

भक्तपुरमा किशोरीद्वारा आत्महत्या

भक्तपुर—कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा अनुत्तीर्ण भएपछि गएराति एक किशोरीले आत्महत्या गरेकी छिन्।

पहिरोले भक्तपुरका भूकम्पपीडितको उठिबास

भक्तपुर-चारदेखि परिरहेको अविरल वर्षाले पहिरो आउँदा भक्तपुरको नगरकोट सडक छेउछाउका बस्ती पहिरोको जोखिममा परेका छन्। भूकम्पले घर भत्केपछि सडक छेउछाउ टहरा बनाएर बसेका पीडित चार दिनयताको अविरल वर्षासँगै पहिरो जान थालेपछि टहराबाट पनि उठिबास भएका छन्।

भक्तपुर दुवाकोटमा ७ सय रोपनी क्षेत्रफलमा वीर अस्पताल विस्तार गरिने

काठमाडौं– सरकारले भक्तपुरको दुवाकोटमा करिब ७ सय रोपनी जग्गा क्षेत्रफलमा वीरअस्पताललाई अन्तराष्ट्रिय स्तरको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्