भक्तपुरमा बजार अनुगमन : म्याद नाघेका सामान नष्ट
भक्तपुर नगरपालिका अनुगमन समितिले बुधबार नगरको लिवाली क्षेत्रका बजार अनुगमन गरी म्याद नाघेका समान नष्ट गरेको छ।
भक्तपुर नगरपालिका अनुगमन समितिले बुधबार नगरको लिवाली क्षेत्रका बजार अनुगमन गरी म्याद नाघेका समान नष्ट गरेको छ।
खोटाङका एक क्यान्सर बिरामीलाई उपचार खर्च जुटाइएको छ। आन्द्राको क्यान्सरबाट थलिएपछि हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ४७ वर्षीय तारानाथ अधिकारीलाई उपचार खर्च जुटाइएको हो।
आगामी दिनमा आफ्नो उद्देश्य बमोजिम निर्यातमुखी हस्तकलाको विकास एवम् पर्यटन प्रवर्द्धनमा ध्यान दिई स्थानीय उद्योग व्यवसायको विकासमा काम गर्ने योजना रहेको उनले बताए।
स्वागतको क्रममा प्रहरी उपरीक्षक श्रेष्ठले भक्तपुरमा आउनु पूर्व जिल्लामा कार्य गरेका अग्रजहरुसँग भक्तपुरको वस्तुस्थितिबारे जानकारी लिएको बताउँदै आफूले भक्तपुरमा क्रियाशील विभिन्न संघ सस्थाहरुसँग अन्तरक्रिया गर्ने मनशाय राखेको बताए।
हनुमन्ते खोलामा आउने बाढीले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको राधेराधेदेखि मध्यपुर थिमि चोकसम्मको आधा किलोमिटर राजमार्ग खण्डमा सवारीसाधन नै अवरुद्ध हुने गरी पानी सयौं घर डुवानमा पर्ने गरेको थियो।
उनले खोप अभियान चलिरहँदा बुधबारमात्र ६७ जना काठमाडौं ठेगाना भएका सेवाग्राही भएको बताए। ‘किन भनेर पनि सोधेँ, त्यो क्रममा उहाँहरुले काठमाडौंमा धेरै भीड छ, त्यहाँ बस्दा पालो नआउने भएपछि आएको बताए।’ इन्चार्ज साहले भने।
महानगरीय प्रहरी परिसर भक्तपुरमा नयाँ एसपी (प्रहरी उपरीक्षक) सरुवा भई आएका छन्। सरुवा भई आएका नयाँ एसपी शिवकुमार श्रेष्ठलाई मंगलबार एक समारोहबीच भक्तपुर उद्योग वाणिज्य संघले स्वागत गरेको छ।
भक्तपुर नगरपालिकाको बिहीबार सम्पन्न दशौं नगरसभाको बैठकले १ अर्ब ९३ करोड २० लाख रूपैयाँको बजेटको सर्वसम्मत रुपमा पारित गरेको छ।
आर्थिक वर्ष २०७८/७९मा नेपाल सरकारले आयकरमा व्यवस्था गरेको छुट सुविधा तथा संशोधन सम्बन्धमा आन्तरिक राजश्व कार्यालय भक्तपुरसँग वेविनार अन्तरक्रिया गरिएको भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले बताए।
शिक्षा क्षेत्रमा कूल बजेटको १६.३२ प्रतिशत छ्ट्याएको छ। त्यस्तै स्वास्थ्य क्षेत्रमा १३.५६ प्रतिशत, सम्पदा संरक्षण तथाविकास निर्माणमा २.७३ प्रतिशत, नवनिर्माण तथा पुनःनिर्माणमा २०.७० प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ४.०४ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १६.१४ प्रतिशत, युवा तथा खेलकुदको क्षेत्रमा २.४५ प्रतिशत, कृषि क्षेत्रमा १.५२ प्रतिशत र नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि २१.९८ प्रतिशत विनियोजन गरिएको छ।
नीति तथा कार्यक्रममा चाँगुनारायण नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र ९ को उपयुक्त स्थानमा अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन गरी डिपिआर तयार गर्ने उल्लेख गरिएको थियो।
‘कोभिड रोकथाम र नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिंदै नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गरी सबै नगरबासीहरूको लागि खोपको व्यवस्था मिलाइने छ।’
भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको छ। नगरपालिकाका प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको हो।
नयाँ भेरियन्टको कोरोना संक्रमणका कारण बढ्दो स्वास्थ्य जोखिम कम गर्नका लागि युवाहरुले घरघरमा पुगेर मास्क, साबुन र सेनिटाइजर वितरण गर्दै स्वास्थ्य सचेतना अभियान सञ्चालन गरेका छन्।
देशकै नमूनाको रुपमा भक्तपुरमा जनताको पैसाबाट कोभिड विरामीका लागि अक्सिजन उत्पादन सुरु भएको छ। भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा मंगलबारबाट औपचारिक रुपमा अक्सिजनको उत्पादन सुरु थालिएको छ।