५ वैशाख २०८१ बुधबार
समाज

भक्तपुरमा नयाँ एसपी

महानगरीय प्रहरी परिसर भक्तपुरमा नयाँ एसपी (प्रहरी उपरीक्षक) सरुवा भई आएका छन्। सरुवा भई आएका नयाँ एसपी शिवकुमार श्रेष्ठलाई मंगलबार एक समारोहबीच भक्तपुर उद्योग वाणिज्य संघले स्वागत गरेको छ।  

संघका कार्यवाहक अध्यक्ष शिव मानन्धरले संघ सचिवालयमा स्वागत गरेका हुन्। सो अवसरमा कार्यवाहक अध्यक्ष मानन्धरले नयाँ प्रहरी उपरीक्षकको सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले स्थानीय उद्यमी व्यवसायीको हकहितका लागि समर्पित संघले ५५ वर्षको इतिहासमा धेरै उल्लेखनीय कार्य गरेको जानकारी दिँदै नेपालका जिल्ला, नगर उद्योग वाणिज्य संघमा एक उत्कृष्ट संघको रुपमा उभिन सफल भक्तपुर उद्योग वाणिज्य संघले विगतका वर्षमा जिल्ला प्रहरी कार्यालयसित सहकार्य गरी धेरै जनउपयोगी कार्य सम्पन्न गरेको स्मरण गरे।  

सरुवा भई आएका प्रहरी उपरीक्षक श्रेष्ठले ऐतिहासिक र सांस्कृतिक महत्वले भरिपूर्ण भक्तपुर जिल्लामा काम गर्न पाउँदा पहिलेदेखि सुन्दै आएको यहाँका सांस्कृतिक गतिविधिमा प्रत्यक्ष सहभागी हुन पाउने हुनाले आफू एकदम उत्साहित भएको जनाए। उनले भक्तपुरका उद्यमी व्यवसायीको समस्या तथा मर्कामा सक्दो सहयोग गर्ने दृढतासमेत व्यक्त गरे।

प्रकाशित: २३ असार २०७८ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App