२४ श्रावण २०८३ आइतबार
image/svg+xml

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि बेपत्ता दम्पतिमध्ये पत्नी तिलकुमारीको शव फेला परेको छ। उनको शव आज ओखलढुङ्गामा फेला परेको हो।

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट एक जना पक्राउ परेका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

यही साउन २८ गतेदेखि स्वयम्भूमा लाग्ने एकमहिने मेलालाई व्यवस्थित बनाउन स्वयम्भूमा तथा त्यस आसपास क्षेत्रमा सरसफाइ गरिएको हो।

सिरहामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा १५ जना घाइते

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक्टर पल्टिँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये १३ वर्षीय एक बालकको अवस्था गम्भीर रहेको छ।

पब्जी मोबाइल विश्वकप: नेपालको ‘होरा ईस्पोर्ट्स’ फाइनलमा प्रवेश

फ्रान्सको पेरिसमा जारी ईस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपालको ‘होरा ईस्पोर्ट्स’ फाइनल मा प्रवेश गरेको छ।

मुख्यमन्त्री होस् वा जोसुकै, पाँच वर्षदेखि काम नगर्नेलाई छोडिन्न, आजै ठेक्का तोड्नुस्: पूर्वाधारमन्त्री लम्साल

अनुगमनका क्रममा उनले भने, ‘आजै ठेक्का तोडौँ। काम गरेको भुक्तानी दिएर आजै टुङ्गो लगाउनुस्।’

पृथ्वी राजमार्गमा हायस, टिफर, ट्याक्सी र स्कुटर आपसमा ठोक्किए

धादिङको थाक्रे गाउँपालिका-७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा चार वटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। हायस, टिफर, ट्याक्सी र स्कुटर आपसमा जुध्दा दुर्घटना भएको हो।

संविधानका उपलब्धिमाथि सरकारबाटै प्रश्न उठ्यो : आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधानका उपलब्धिमाथि सरकारको नेतृत्व गर्ने पक्षबाटै पटक–पटक प्रश्न उठाउने काम भइरहेको आरोप लगाएका छन्।

श्रीमान् खोसियो, शरीर अपांग छ, अब ओत लाग्ने छानो पनि रहेन

आइतबार बिहानको अँध्यारोमै सल्किएको आगोले जुम्लाको गुठिचौर गाउँपालिका–१ गडिगाउँकी ४७ वर्षीया ढेसेनी ऐडीको घर खरानी बनायो।

मेची राजमार्ग: माइखोलामा सधैँ सास्ती, तीन जिल्लाको आवतजावत प्रभावित

पूर्वी पहाडको मुख्य जीवनरेखा मानिएको मेची राजमार्ग महिना दिनदेखि अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ।

ट्रमा सेन्टर सार्ने निर्णयविरुद्ध ढल्केबरमा मशाल जुलुस, सोमबार पूर्व–पश्चिम राजमार्ग बन्दको घोषणा

ढल्केबरमा ट्रामा सेन्टर कायम रहनुपर्ने माग गर्दै स्थानीयवासीले ढल्केबर बजारमा मशाल जुलुस प्रदर्शन गरेका छन्।

निर्मल पुर्जाको शव बेलायत लगियो

पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी ज्यान गुमाएका विश्वकीर्तिमानी नेपाली-ब्रिटिस आरोही निर्मल पुर्जा ‘निम्सदाई’ को पार्थिव शरीरलाई बेलायत लगिएको छ।

‘१५ महाधिवेशनमा सबैको कांग्रेस बनाउनुपर्छ’

नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहभागिता, स्वामित्व र सम्मानसहित निष्पक्ष तथा पारदर्शी ढंगले हुनुपर्ने बताएका छन् ।

भलिबल: अन्तराष्ट्रिय मञ्चमा नेपाल, लोकप्रियता र सम्भावनाको यात्रा

नेपालसँग खेलाडी छन्, दर्शक छन्, स्थानीय स्तरमा लोकप्रियता छ र प्रतिभा पनि छ। अभाव चाहिँ व्यवस्थित योजना, पर्याप्त लगानी, आधुनिक पूर्वाधार, नियमित अन्तराष्ट्रिय एक्सपोजर र दीर्घकालीन सोच छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्