४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

२० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अदालतबा २० वर्ष कैद सजायको फैसला भएपनि कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

फरार अभियुक्त पक्राउ

हातहतियार खरखजाना तथा चोरी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दुई अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ। हातहतियार खरखजाना मुद्दामा अदालतबाट तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना सजाय पाएर फरार सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौन निवासी ४७ वर्षीय धनिकलाल कामतीलाई प्रहरीले पक्राउ गरेको हो।

फरार अभियुक्त पक्राउ

ठगी मुद्दाका फरार प्रतिवादी बैतडी दशरथचन्द नगरपालिका–१ का ३२ का रमेश बडूलाई ललितपुर नख्खुबाट प्रहरीले आइतबार पक्राउ गरेको छ।

आठ करोड लिई फरार सहकारीकर्मी समातिएनन्

वीरगन्ज बजारबाट सर्वसाधारण बचतकर्ताका करिब आठ करोड रुपैयाँ लिएर ‘प्राइम बचत तथा ऋण सहकारी संस्था’ का सञ्चालकहरू फरार भएको ११ महिना बितिसक्दा पनि पक्राउ पर्न सकेका छैनन्।

ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

८ करोड लिई फरार भएका सहकारी सञ्चालक अझै समातिएनन्

वीरगन्ज बजारबाट सर्वसाधारण बचतकर्ताका करिब ८ करोड रुपैयाँ लिएर ‘प्राइम बचत तथा ऋण सहकारी संस्था’ फरार भएको झण्डैले वर्ष लाग्न थाल्यो । पैसा लिएर भागेको भन्ने आरोपीहरुलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । प्रहरी र जिल्ला प्रशासन कार्यालयले बेवास्ता गर्दा यस्तो भएको पीडितहरुको भनाई छ । उक्त संस्थाले बचतकर्ताको पैसा मात्र होइन ऋणीहरुले बन्धक राखेको जग्गा समेत हिनामिना गरेको प्रमाण भेटिएको छ ।

२१ वर्षदेखि फरार अभियुक्त नागरिकता बनाउन आएपछि...

बालिकामाथि जबर्जस्ती करणी उद्योगका फरार दोषीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ। इलाम नगरपालिका–११, सोयाकका ३९ वर्षे सन्तोष एक्तेन नगरपालिकाबाटै पक्राउ परेका हुन्।

लुटपाट आरोपमा एक पक्राउ, पाँच फरार

लुटपाटको आरोपमा सर्लाहीको हरिपुर प्रहरीले बुधबार राति सर्लाहीकै बसबरिया गाउँपालिका–४, धनगढास्थित गोनरवा टोलका १९ वर्षीय रोहितकुमार साहलाई लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।

जिल्ला कारागार रौतहटबाट एक कैदी फरार

जिल्ला कारागार रौतहटबाट एकजना कैदी फरार भएका छन्। कारागारको विद्युत लाइन बिगारेर अपहरण तथा शरीर बन्धक मुदामा तीन वर्षदेखि सजाय काटिरहेका २५ वर्षीय अशोक यादव आइतवार राति फरार भएका हुन्।

वन मुद्दाका दुई फरार अभियुक्त पक्राउ

अदालतबाट दोषी करार भएर फरार रहेका उदयपुरका दुई अभिुक्तलाई प्रहरीले पक्राउ गरेको छ। वन मुद्दामा अदालतबाट दोषी प्रमाणित भए पनि फरार रहेका त्रियुगा नगरपालिका ३ का २८ वर्षीय अनिल चौधरी र सोही ठाउँका ५१ वर्षीय दुखीलाल चौधरीलाई आइतबार राति पक्राउ गरेकाे हाे।

दुई फरार प्रतिवादी पक्राउ

महोत्तरी प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा सजाय तोएिर फरार रहेका सोनमा गाउँपालिका ४ बस्ने ३० वर्षिय हरिनायण यादव र औरही नगरपालिका ४ का ३६ वर्षिय रामनाथ यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

किशोरी हत्याको आरोपमा आमा र काकासहित चार पक्राउ, बुवा फरार

पर्सामा आफ्नै परिवारजनले एक जना किशोरीको हत्या गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ। १५ वर्षीया किशोरी पुनिता कुमारीको हत्या गरी शव जलाएर गाडेको आरोपमा पोखरिया नगरपालिका वाड नम्बर ९ सेमरवारीबाट आमासहित ४ जना पक्राउ परेका हुन्। गत पुस १ गते राति किशोरी पुनिताको हत्या भएको बताइएको छ।

१० वर्षदेखि फरार अभियुक्त पक्राउ

उदयपुरमा १० वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। वन मुद्धामा जिल्ला अदालतबाट दुई महिना कैद सजाय सुनाइएका त्रियुगा नगरपालिका २ का ४२ वर्षीय चन्द्रबहादुर सार्की शुक्रबार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

फरार अभियुक्त १५ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्धामा फरार रहेका दुई अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा तार्केश्वर गाउँपालिका–५ का सन्तबहादुर तामाङ र केशव लामा रहेका छन्।

वन मुद्धाका फरार अभियुक्त पक्राउ

अदालतबाट दोषी प्रमाणित भए पनि भाग्न सफल यहाँका एक अभियुक्त पक्राउ परेका छन्। वर्षौंअघि वन मासेको आरोपमा पक्राउ परी जिल्ला अदालत उदयपुरबाट दोषी करार भए पनि फरार सूचीमा रहेका उदयपुरगढी गाउँपालिका ७ का ४२ वर्षीय टंकबहादुर मगर आईतबार पक्राउ परेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्