४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

विदेशी मुद्रा विनियम मुद्दामा अदालतबाट कैद र पौने दुई करोड रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। मुद्दाका प्रतिवादी भोटेकोसी गाउँपालिका–२ का ३५ वर्षीय गोम्दे तामाङलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको हो।

फरार सात थुनुवामध्ये तीन पक्राउ

इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका सात जना थुनुवामध्ये आज तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

थुनुवा फरार प्रकरण : योजनाकार सहित चार पक्राउ

लक्ष्मीपुपतारी गाउँपालिका स्थित ईकाला प्रहरी कार्यालयको हिरासतबाट शनिबार फरार ८ जना थुनुवामध्ये चारजना पक्राउ परेका छन्। भागेका तीन जनालाई मंगलबार राति पक्राउ गरीएको हो। एकजना तत्कालै पक्राउ परेका थिए।

थुनुवा फरार प्रकरणः सेन्ट्री र गार्ड कमान्डर निलम्बित

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना पुरूष थुनुवा फरार प्रकरणमा दुई जना प्रहरी निलम्बित भएका छन्। शनिबार राति हिरासतबाट खाना खान जानेबेला पछाडिको ढोकाबाट थुनुवाहरू फरार भएका बखत गार्ड कमान्डर रहेका प्रहरी हवल्दार महेश कुमार यादव र सेन्ट्री बसेकी प्रहरी जवान सुनिता कटुवाललाई निलम्बन गरेर अनुसन्धान अघि बढाइएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

इलाका प्रहरी कार्यालयबाट ८ थुनुवा फरार, सीमा सिल गरेर खोजी

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना पुरूष थुनुवा फरार भएका छन्। हिरासतबाट खाना खान जानेबेला पछाडिको ढोकाबाट थुनुवाहरू फरार भएका हुन्।

भीमफेदी कारागारबाट कैदी फरार

भीमफेदी कारागारबाट गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन्। कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन्।

अदालतबाट सजाय पाएका फरार अभियुक्त पक्राउ

आगलागी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्ला अदालत सिरहाबाट ६ महिना कैद सजाय पाएर फरार रहेको सिरहाको मिर्चैया नगरपालिका–७ का २३ वर्षीय ऋषिकेश साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

ज्यान मार्ने उद्योगमा फरार अभियुक्त आठ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योगमा फरार रहेका जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ का चन्द्रबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार नेत्रावती गाउँपालिका वडा नं ४ को कटुन्जेबाट पक्राउ गरिएको हो।

बालबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान

खोटाङमा वालबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपाका ४० वर्षीय पूर्णबहादुर राईलाई अदालतले तोकिए अनुसारको सजाय भुक्तानका लागि आइतबार कारागार चलान गरिएको हो।

फरार गौतम २० वर्षपछि पक्राउ

बलात्कार र हत्या मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय ठेकिएका लिलाराज गौतमलाई २० वर्षपछि अमेरिकी प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको छ।

विभिन्न मुद्दामा फरार पाँच पक्राउ

विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका पाँच जनालाई मंगलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरेको छ।

लेनदेन मुद्दामा फरार वडाध्यक्ष पक्राउ

लेनदेन मुद्दामा फरार रहेका कालिकोट एक वडाध्यक्ष सुर्खेतबाट पक्राउ परेका छन्। आइतबार साँझ रासकोट नगरपालिका–५ का वडाध्यक्ष नरजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

फरार १८ अभियुक्त पक्राउ

प्रहरीले अदालतबाट निर्णय भएर सजाय भुक्तान नगरी फरार सूचीमा रहेका विभिन्न आपराधिक घटनामा संलग्न १८ अभियुक्तलाई पक्राउ  गरेको छ।

फरार अभियुक्त हतियार सहित पक्राउ

हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ।

३१ वर्षदेखि फरार तीन अभियुक्त पक्राउ

३१ वर्षदेखि फरार उदयपुरका तीन जना अभियुक्त पक्राउ परेका छन्। गत ०४५ सालमा बाँदर मार्न बन्दुक हान्दा लागेको गोलीले एक स्थानीयको ज्यान गएको अभियोगमा अदालतबाट दोषी करार भए पनि भाग्न सफल अभिुक्तहरु पक्राउ परेको उदयपुर प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्