४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बैकिङ कसुर मुद्दाका फरार पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नंखेलका ४७ वर्षीय प्रकाशराज खत्रीलाई पक्राउ गरेको छ।

फरार अभियुक्त धमाधम पक्राउ, एकै दिन १३ जना खोरमा

विभिन्न आपराधिक गतिबिधिमा संलग्न भई जिल्ला अदालतबाट दोषी करार भए पनि फरार रहेका उदयपुरका दर्जन बढी अभियुक्तलाई प्रहरीले एकैदिन पक्राउ गर्न सफल भएको छ।

सुन लुटपाट गरेको आरोप लागेका असई फरार

सुन लुटपाट गरेको आरोप लागेपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामा फरार भएका छन्।

फरार अभियुक्त सत्र वर्षपछि पक्राउ

एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ। ककनी गाउँपालिका–७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको विसं २०५९ माघ २१ गते हत्या गरी फरार भएका सोही वडाका ३६ वर्षीय भरत सुनारलाई प्रहरीले हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

एक–अर्काविरुद्धको जाहेरीले मेयर, उपमेयर दुवै फरार

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन्। सोही पार्टीकी रेणु झा उपप्रमुखमा जितेकी छिन्। उमेरको हिसाबले आमा–छोरा जस्तो देखिने दुवैबीच चुनाव ताका आमा–छोरा जस्तै व्यवहार पनि देखिन्थ्यो।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट कैद सजाय तोकी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने बर्ष २० को किशोर दुवाललाई पक्राउ गरेको हो।

बलात्कार मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

बलात्कार अभियोगमा दोषी ठहर भई फरार रहेका उदयपुरका एक अभियुक्त २२ वर्षपछि पक्राउ परेका छन्। ०५२ सालमा स्थानीय एक महिलामाथि सामुहिक बलात्कार गरी फरार रहेका साविक देउरी गाविस ५ भई हाल त्रियुगा नगरपालिका ४ का ४३ वर्षीय हरिनारायण सदा बिहीबार पक्राउ परेका हुन्।

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

जबर्जस्तीकरणी मुद्दाका फरार अभियुक्त सोमबार पक्राउ परेका छन्। जुम्ला घर भई काठमाडौँको बसुन्धरा बस्दै आएका ३९ वर्षीय मनोज खत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त हत्कडीसहित फरार

लागूऔषध नियन्त्रण कारबाही अन्तर्गत पक्राउ परेका एक अभियुक्त प्रहरी नियन्त्रणबाट हत्कडी सहित फरार भएका छन्।

पाँच फरार प्रतिवादी पक्राउ

जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाए तोकी कैद भुक्तान गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई काभ्रेपलाञ्चाक प्रहरीले पक्राउ गरेको छ।

चोरी मुद्दाका दोषी जेल चलान

खोटाङमा चोरी मुद्दामा छ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरिएको छ। २०७० साल असार २४ गते जिल्ला अदालत खोटाङबाट चोरी मुद्दामा एक महिना कैद र दुई हजार जरिवाना हुने सजाय तोकिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १८ वर्षीय ईन्द्रबहादुर बिश्वकर्मालाई पक्राउ गरेर कारागार चलान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्