५ आश्विन २०८१ शनिबार
image/svg+xml

फरार अभियुक्त पक्राउ

रौतहट प्रहरीले विभिन्न अपराधका मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। हातहतियार तथा खरखजाना मुद्दामा फरार अपराधीको सूचीमा लामो समयदेखि रहेका गरुडा नगरपालिका–२ गेडहीगुँठीका ४२ वर्षीय राम एकबाल सहनीलाई प्रहरी टोलीले सोमबार झाँझपुलबाट पक्राउ गरेको हो। उनी भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ता रहेको मानिन्छ।

हातहतियार खरखजाना मुद्दामा फरार अभियुक्त पक्राउ

हातहतियार खरखजाना मुद्दामा फरार रहेका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का ४२ वर्षीय रामएकवाल सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

श्रीमतीको हत्या गरी श्रीमान् फरार

सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन्। घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए।

फरार दुई बलात्कार आरोपित पक्राउ

पाँचखाल नगरपालिकास्थित दुई फरक स्थानमा भएका बलात्कार घटनाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ।

थुनुवा फरार प्रकरण: असईसहित तीन प्रहरी निलम्बित

सिंहदरबार वृत्तबाट थुनुवा फरार प्रकरणमा काठमाडौं परिसरले एसपी अशोक सिंहको नेतृत्वमा एक छानबिन समिति गठन गरी असईसहित तीन प्रहरीलाई निलम्बित गरेको छ।

जग्गा ठगी प्रकरणः डेढ वर्षदेखि फरार दुई जना पक्राउ

आफन्तको नाममा जग्गा पास गर्न लगाईं पैसा नदिएर ठगी गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाईं पक्राउ गरेको  छ।

सिंहदरबार बृतको हिरासतबाट दुई अभियुक्त फरार

चोरी अभियोगमा थुनामा रहेका दुई जना गएराराति सिंहदरवार वृत्तको हिरासतबाट फरार भएका छन्।

फरार अभियुक्त आठ वर्षपछि पक्राउ

आठ वर्षअघिको कर्तव्य ज्यान मुद्दाका आरोपी वीरेन्द्रनगर–११ गाग्रेतालका कमल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत गाग्रेताल निवासी २८ वर्षीय कमल सुनार रहेका छन्।

प्रहरी हिरासतबाटै थुनुवा फरार

लागुऔषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन् । अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शङ्कर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन्।

फरार अभियुक्त १९ वर्षपछि पक्राउ

झण्डै १९ वर्षअघिदेखि फरार लागुऔषध र हातहतियार खजाना मुद्दाका अभियुक्त उदयपुरमा पक्राउ परेका छन्। २०५७ मंसिर २२ गते आठ किलो गाँजा र कटुवा पेस्तोलसहित पक्राउ परेका रौतामाई गाउँपालिका–६ का ५१ वर्षीय नीरबहादुर सार्की आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बालिका बलात्कार गरी फरार अभियुक्त पक्राउ

एक किशोरीमाथि जवरजस्ती करणी गरेर भाग्न सफल यहाँका युवक प्रहरी फन्दामा परेका छन्। गत असार ४ गते १४ वर्षीया किशोरीलाई जवरजस्ती बलात्कार गरी फरार रहेका त्रियुगा नगरपलिका ८ बगाहा बोकेढिकका २० वर्षीय सञ्जय राउत शनिबार दिउँसो पक्राउ परेका हुन्।

फरार अभियुक्त डेढ महिनापछि पक्राउ

एक बालिकालाई जवरजस्ती करणी गरेर फरार रहेका उदयपुरका पुरुष डेढ महिनापछि पक्राउ परेका छन्। त्रियुगा नगरपालिका–१५ खाँबुकी १२ वर्षीया बालिकामाथि जवरजस्ती गरी फरार रहेका सोही ठाउँका कृष्णबहादुर मगरलाई प्रहरीले शुक्रबार पक्राउ परेको हो।

राजश्व चुहावट मुद्दाका फरार अभियुक्त पक्राउ

राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन्। भोजपुर षडानन्द नगरपालिका–३ जिमिगाँउ घर भइ हाल काठमाडौँको उत्तरखेल बस्ने ४४ वर्षीय कमलबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्