१२ असार २०८१ बुधबार
image/svg+xml

राजीनामा गर्न प्रधानमन्त्रीलाई तीन बजेसम्मको अल्टिमेटम

माओवादी केन्द्रले आज तीन बजेसम्म राजीनामा दिन प्रधानमन्त्री केपी ओलाीलाई अल्टिमेटम दिएको छ। बुधबार विहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आज तीनबजेसम्म राजीनामा दिन अल्टिमेटम दिएको हो।

प्रधानमन्त्रीलाई राजीनामा दिन माओवादीको आग्रह (भिडियाे)

काठमाडौं– ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेको छ। समर्थन फिर्ता लिए लगत्तै सिंहदरबारस्थित पार्टी संसदीय दल कार्यालयमा पत्रकार सम्मेलन गर्दै माओवादीले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेको हो।

प्रधानमन्त्रीले राजीनामा नदिने, अविश्वास प्रस्ताव सामना गर्ने

माओवादीले सरकारलाई दिएको समर्थन फिर्तालिए पनि प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने भएका छन्। उनले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने भएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्रीको चयन संसदले गरेकाले यसको छिनोफानो संसदमै हुने बताए। ‘सरकारले राम्रा काम पनि गरेको छ,’ उनले भने,‘ती राम्रा काम प्रस्तुत गरेर प्रधानमन्त्रीले अविश्वास प्रस्तावको सामना गर्नुहुन्छ।’

दाहालले प्रधानमन्त्रीलाई लेखेको पत्रमा के छ?

काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका छन्। पार्टीले सबै मन्त्रीहरुलाई समेत फिर्ता बोलाएको छ।

प्रधानन्यायाधीश कार्कीले सम्हालिन् कार्यभार

सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा सुशीला कार्कीले जिम्मेवारी सम्हालेकी छन्। संसदीय सुनुवाइ समितिबाट आइतबार सर्वसम्मत अनुमोदन भएकी कार्कीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै सर्वोच्च फर्किएर कार्यभार सम्हालेकी हुन्।

प्रधानमन्त्री र दाहालबीच सवा दुई घण्टा 'वान टु वान' छलफल

काठमाडौं—सत्ता परिवर्तनको चर्चा चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।

बेलायती प्रधानमन्त्री टेरेसा मे बन्ने निश्चित

लन्डन- बेलायतको सत्तारुढ दल कन्जरभेटीभ दलको नेतामा टेरेसा मे निर्विरोध भएकी छन्। उनकी एकमात्र प्रतिष्पर्धी आन्द्रिया लिड्समले आफ्नो नाम फिर्ता लिएपछि मे दलको नेता भएको औपाचारिक रुपमा घोषणा गरिएको हो।

सुशीला कार्की प्रथम महिला प्रधानन्यायाधीश

प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन्।सोमबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले कार्कीलाई शपथ खुवाएकी हुन्। आइतबार संसदीय सुनुवाई विशेष समितिले कार्कीलाई प्रधानन्यायाधीशमा सर्वसम्मले अनुमोदन गरेको थियो।

ओरेन्टल पीडितसँग दोस्रोपटक पनि भेटेनन् प्रधानमन्त्री ओली

रकम फिर्ताको माग राखेर ज्ञापनपत्र बुझाउन आइतबार बिहान ८ बजे नै प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटार पुगेका ओरेन्टल सहकारी पीडितलाई उनले भेट गर्नै दिएनन् । समय नभएको भन्दै प्रधानमन्त्री ओलीले उनीहरुलाई दोस्रोपटक पनि भेट गर्न नदिएका हुन् ।

प्रधानन्यायाधीशमा सुशीला सर्वसम्मत

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्याधीशमा सुशीला कार्कीलाई नियुक्त गर्न संवैधानिक परिषद्लाई पत्र पठाएको छ। समिति बैठकले आइतबार कार्कीको नाम सर्वसम्मत अनुमोदन गर्दै नियुक्तिका लागि पत्राचार गरेको हो।

प्रधानन्यायधीशमा सुशीला कार्कीको नाम अनुमोदन

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायधीशमा सुशील कार्कीको नाम अनुमोदन गरेको छ। आइतबार बसेको सुनुवाई समितिको बैठकले कार्कीको नाम अनुमोदन गरेको हो। संसदीय सुनुवाई समितिमा कार्की विरुद्ध ६ वटा उजुरी परेका थिए, जसमा तीन जना उजुरीकर्ता समिति मै उपस्थित भएका थिए।

प्रधानमन्त्रीको निम्ता डा.केसीद्वारा अस्वीकार

काठमाडौं— अनसन सुरु गर्नुभन्दा केही घन्टा अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले भेटका लागि पठाएको निमन्त्रणा डा.गोविन्द केसीले अस्वीकार गरेका छन्। प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि २ बजे केसीलाई बालुवाटार निवासमा बोलाएका थिए।

प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक

वर्तमान सरकार परिवर्तनको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले सरकारमा सहभागी दलको बैठक बोलाएका छन्। आजै साँझ बालुवाटारमा बस्ने बैठकमा सरकारमा सहभागी सबै दललाई बोलाइएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रिय सरकार गठन तथा सविधान कार्यान्वयनका विषयमा छलफल हुने बताइको छ।

नेपाली सेना राष्ट्रिय सुरक्षाका लागि दृढः उपप्रधान एवं रक्षामन्त्री रावल

काठमाडौँ– उपप्रधानमन्त्री भीमबहादुर रावलले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाका रुपमा रहेको नेपाली सेनाले विपद् व्यवस्थापन र विकास निर्माणमा सरकारको निर्देशनमा काम गर्दै आएको बताएका छन्।

प्रस्तावित प्रधानन्यायाधीश र प्रमुख आयुक्तलाई संसदीय सुनुवाइमा बोलाइने

काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको शुक्रबार संसदीय सुनुवाइ गर्ने भएको छ। समितिका सभापति कुलबहादुर गुरुङको सभापतित्वमा आज बसेको बैठकले भोलि बिहान बस्ने बैठकमा कार्यवाहक प्रमुख आयुक्त यादवलाई सुनुवाइका लागि उपस्थित गराउने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्