१२ असार २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्री ओलीले ‘यो नेपाली शिर उचाली...’ उच्चारण गरेपछि...

‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘‘ठीक छ, खुसीयाली मनाउन पाइन्छ तर खुसीयालीभित्र नेपालको अनिष्ट लुकेको छ भन्ने भ्रम नपाले हुन्छ।’’

नयाँ प्रधानमन्त्री चयन १७ गते

काठमाडौं-व्यवस्थापिका संसद्ले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया साउन १७ गतेबाट सुरु गर्ने भएको छ। सभामुख ओनसरी घर्तीमगरले मंगलबार व्यवस्थापिका संसद् बैठकमा उक्त मिति तोकेकी हुन्।

म्यादी प्रधानमन्त्रीसँगका अपेक्षा

सिंहदरवारमा प्रधान मन्त्रीको कार्यकक्षको ठीकबाहिर लामो करिडर छ– पूर्व–पश्चिम फैलिएको। आफ्नो कार्यकक्षमा जाँदा र आउँदा कुनै पनि प्रमले यो करिडर क्रस नगरी सुखै छैन। करिडरको भित्ताभरि नेपालका प्रधान मन्त्रीहरुको फोटो टाँगिएको थियो विगतमा। हिजोआज के छ थाहा छैन। यदि त्यही ठाउँ अझै पनि प्रधान मन्त्रीहरुको फोटो टाँग्ने संग्रहालय हो भने संभवत अब नयाँ प्रधान मन्त्रीको फोटो टाँग्ने ठाउँ त्यो करिडरमा छैन कि!

दाहाल प्रधानमन्त्री भए के हुन्छ? विश्लेषण गर्दै जर्सापहरु

प्रधानसेनापति प्रकरणका कारण पद त्यागेका पुष्पकमल दाहाल फेरि प्रधानमन्त्री हुने तयारीमा छन्। उनी प्रधानमन्त्री भए सेनालाई कसरी ह्यान्डल गर्ने हुन्? सेनाका जर्सापहरुबीच यो विषय अहिले चर्चामा छ।

राजनीतिक र सुरक्षा स्थितिलाई सुक्ष्म ढंगबाट नियालीरहेका छौं: प्रधानसेनापति

काठमाडौं- नेपाली सेनाले विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई सुक्ष्म ढंगबाट नियालीरहेको बताएको छ।

अबको १२ दिनमा नयाँ प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि प्रमुख दलहरुले नयाँ सरकार गठनको गृहकार्यलाई तीव्रता दिएसँगै मुलुकले डेढ हप्ताभित्रै नयाँ प्रधानमन्त्री पाउने भएको छ ।

प्रधानमन्त्री ओलीको राजीनामाप्रति भारतमा खुशीयाली !

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अविश्वासको प्रस्तावमा मतदान हुनुभन्दा पहिले नै संसदबाट राजीनामाको घोषणा गरे। प्रधानमन्त्रीको राजीनामापछि सत्ता परिवर्तनमा मुख्य भूमिका खेलेको भनिएको छिमेकी मुलुक भारतमा खुशीयाली छाएको त्यहाँका संचार माध्यमले उल्लेख गरेका छन्।

ओली देशलाई माया गर्ने प्रधानमन्त्रीः कमल थापा

ओली सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजीनामा दिएको साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'देशलाई माया गर्ने प्रधानमन्त्री'को रुपमा चित्रण गरेका छन्।

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीनामा दिएका छन्। उनले संसदलाई सम्वोधन गर्दै राजनीनामा दिएको घोषणा गरे। उनले संसदमा सम्वोधन गर्न जानु अघि नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा पेश गरेका हुन्।

सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता रहेको बताएका छन्। व्यवस्थापिका संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले सरकार गठन विघटन र आवधिक निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाका विशेषता रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस

काठमाडाैं—प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस भएको छ।

तीन दलको बैठकमा प्रधानमन्त्री अनुपस्थित, सहमति हुने सम्भावना न्युन

काठमाडौं- प्रमुख तीन राजनीतिक दलको बैठमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छैनन्। मन्त्रिपरिषदको बैठक परेको भन्दै उनले सुभास नेम्वाङलाई बैठकमा पठाएका हुन्।

अमरेश सिंहले प्रधानमन्त्रीलाई ‘मानसिक अवस्था ठिक छैन’ भनेपछि...

संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा सांसदहरु आरोप प्रत्यारोपमा उत्रिएका छन्। अविश्वास प्रस्तावमाथिको छलफलमा कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधामन्त्री केपी ओलीलाई मानसिक रोगी भनेपछि बैठकमा केहीबरे होहल्ला भयो।

संसदमा छिर्न नदिने प्रधानमन्त्रीको चेतावनी (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बलजफ्ती नगर्न चेतावनी दिएका छन्। संसद मनपरि गर्ने थलो नभएको भन्दै बलजफ्ती गर्न खोजे संसद छिर्नै नदिने प्रधानमन्त्रीले चेतावनी दिए।

अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहुन्छ: भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले राजीनामा दिने बताएका छन्। बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव भट्टराईले भने, ‘अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुहुन्छ, यसमा कुनै दुईमत छैन्।’ उनले संसदीय व्यवस्थामा बहुमत पुर्याउनेले सरकार बनाउने कुरा नौलो नभएको टिप्पणी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्