६ आश्विन २०८१ आइतबार
image/svg+xml

मौसम र बाढीपहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउँछौं: मन्त्री बस्नेत

सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधनस्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ।

आज कस्तो रहँला मौसम ?

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

मुस्ताङको यातायात सम्पर्कविच्छेद

मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँग यातायात सम्पर्कविच्छेद भएको छ।बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिकादेखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुँदै प्रदेश राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सडक सम्बन्ध टुटेको हो।

मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित

प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ। पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द भएका छन ।

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क)नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ। नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ।

आज कस्तो रहनेछ देशभरको मौसम ?

मौसम पूर्वानुमान महाशाखाका आज देशभर आंशिकदेखि सामान्य बदली रहेनेछ। अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, गण्डकी र सुदूरपश्चिममा भारी वर्षा हुने

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

‘फूलैफूलको मौसम तिमीलाई’

तपाईंलाई नेपालका प्रख्यात गीतकार रत्न शमशेर थापा लिखित गीत ‘फूलैफूलको मौसम तिमीलाई, ताराजूनको रमझम तिमीलाई, मेरो माया हरदम तिमीलाई’ सुन्नु भएको छ?

दिउँसो उडान नहुँदा दुर्गमका जनता प्रभावित

नेपाल नागरिक उड्ययन प्राधिकरणले उडान सुरक्षाका लागि भन्दै नयाँ नियम लागू गरेपछि कर्णालीका दुर्गम भेकका स्थानीयहरु प्रभावित हुने भएका छन्। सडक पहुँच नभएका ती जिल्लाहरुमा एक मात्र हवाई सेवाको भर पर्नुपर्ने भएपनि वायु सेवा कम्पनीहरुसहित स्थानीयहरु मर्कामा परेका हुन्।

आज कोशी,मधेश,बागमती र गण्डकीमा भारी वर्षा हुने

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

गण्डकीमा धेरै भारी वर्षाको संभावना, अन्य प्रदेशमा कस्तो छ मौसम अवस्था ?

नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पनि सरदर स्थानभन्दा उत्तरतिर अवस्थित छ।

कस्तो रहला आजको मौसम ?

नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

१४० वर्षपछि वेइजिङमा भीषण वर्षा, २० जनाकाे मृत्यु

चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्।

जुलाई हालसम्मकै तातो महिना

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले सन् २०२३ को जुलाई अहिलेसम्मकै सर्वाधिक तातो महिना हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्