६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

‘फूलैफूलको मौसम तिमीलाई’

यस्तो पनि !

तपाईंलाई नेपालका प्रख्यात गीतकार रत्न शमशेर थापा लिखित गीत ‘फूलैफूलको मौसम तिमीलाई, ताराजूनको रमझम तिमीलाई, मेरो माया हरदम तिमीलाई’ सुन्नु भएको छ?  

तारादेवीद्वारा स्वरबद्ध यो गीतमा प्रेमीले आफ्नो उदात्त प्रेमको भाव व्यक्त गरेको पाइन्छ।

जब कसैलाई हृदयतः प्रेम गरिन्छ र त्यो प्रेमअनुसार आफूले ‘केही खास’गर्न अझै बाँकी छ भन्ने लाग्यो भने के गर्ने? यो कुरा अमेरिकाको केन्सस राज्यस्थित ली विल्सनले देखाएका छन्।  

आफ्नी पत्नी रेनीसँग सुखमय ५० वर्षे दाम्पत्य जीवन बिताएकामा कृतज्ञ विल्सनले सो अवसरमा पत्नीलाई ८० एडक जमिनमा १२ लाख सूर्यमुखी फूल रोपेर उपहार दिएका छन्। खेतभरि सूर्यमुखी फूल लगाएको, त्यो लहलह झुलेको हेर्ने पत्नीको इच्छा पूरा गर्न लामो समय लाग्यो तर विल्सनले हार मानेनन्।

गएको मे महिनामा उनले छोरासँग आमालाई सूर्यमुखीको बगैँचा नै उपहार दिन खोजेको बताएका थिए। उनको सपनालाई छोराले पनि साथ दिए। यो कुरा उनले आमासँग लुकाएर राखे।  

गत साता विल्सनले पत्नी रेनीलाई सो बगैँचामा पुर्याएर यो उपहार तिमीलाई भन्दा उनले पत्याउनै सकिनन्। पछि छोराले विश्वास दिलाएपछि पत्याउन करै लाग्यो।

‘यस्तो उपहार पाउन ५० वर्ष कुर्नु पर्यो,’रेनीले स्थानीय टिभीलाई बताउँदै भनिन्। त्यसको जवाफमा विल्सनले भने, ‘हरेक वर्ष यति महँगो उपहार दिन पनि त सकिँदैन!’

प्रकाशित: २३ श्रावण २०८० ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App