सुन्तला खेतीबाट कृषक सन्तुष्ट
अर्घाखाँची पाणिनी गाउँपालिका–१ पणेना सिम्लेका ४५ वर्षीय केशवराज पौडेल आफ्नै आँगनबाट सात लाखको सुन्तला बिक्री हुँदा खुसी छन्।
अर्घाखाँची पाणिनी गाउँपालिका–१ पणेना सिम्लेका ४५ वर्षीय केशवराज पौडेल आफ्नै आँगनबाट सात लाखको सुन्तला बिक्री हुँदा खुसी छन्।
जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यो वर्ष दुई करोड रुपैयाँको सुन्तला फलाएका छन्। सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका छन्।
स्याङ्जाको सुन्तलाबारी गाउँ सुन्तलाले पहेंलपुर भएको छ। वालिङ नगरपालिका– ४ खाल्टेले सुन्तलाबारीको चिनारी बनाएको धेरै वर्ष भैसक्यो।
कतै टार परेको, कतै भिरालो भूगोल । साना साना चिटिक्क पारेर बनाइएका घरहरु । यहीबीचमा बगानमा लटरम्म सुन्तला फलेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जाजरकाेटका ५० बढी सुन्तलाका बोट लगाएका किसानलाई प्रोत्साहनस्वरुप अनुदान रकम वितरण गरेको हो।
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले २५ रोपनी क्षेत्रफलमा सुन्तला लगाएका छन्। उनको बगानमा उत्पादन दिने एक हजार दुई सय बोट छन्।
खोटाङको रावाबेंसी गाउँपालिकामा लगाइएको सुन्तलामा बोट सुक्ने समस्या देखिएको छ। सुन्तलाको पकेट क्षेत्रकारुपमा रहेको उक्त गाउँपालिकाको लामीडाँडा, खार्पा, कुभिन्डेलगायत वडामा लगाइएको सुन्तलाका बोट मर्ने समस्या देखिएको हो।
बगानमा लटरम्म फलेका सुन्तला ट्याक्टरमार्फत सिधै तराई पुग्न थालेका छन्। यस वर्ष याम्खाका किसान रामनिधि आचार्यको बगानबाट चारवटा ट्याक्टरमा ७६ हजार दाना सुन्तला उदयपुरको गाईघाट हुँदै सिराहाको लहान पुर्याइएको छ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका फलेका सुन्तला। बोटै नुहिनेगरी फलेका सुन्तला बिक्री गरेर एक जना किसानले ६ लाखसम्म आम्दानी लिएका छन्। डोकोमा राखेर बिक्री गर्न लगिने सुन्तला अहिले ट्रयाक्टरमा हालेर बजार पुयाउने गरिएको छ।
आँखाले भ्याएसम्म चारैतिर सुनौला सुन्तला। बाटोबाटै सुन्तला देख्दा दंग प-यौं हामी। ‘सुन्तला किन्न आउनु भको हो नानी ?’, कौसीबाट आवाज आयो। घरबेटी हजुरआमैको आवाज। ‘सुन्तला देखेर आको, किन्छौं’ भन्यौं। उहाँ कौसीबाट तल झर्दा हामी आँगनमा पुगिसकेका थियौं। उहाँले छोरालाई सुन्तला टिपिदिन भन्नुभयो। हामी सबै मिलेर १० किलो सुन्तला टिप्यौं। बोटबोटै टिपेर खायौं पनि। अहा, कति गुलियो !
भिरालो परेको बारीमा बाक्लो मात्रामा सुन्तलाका बोटहरु छन्। बोटमा पहेँलै भएर सुन्तला फलेका छन्। पुस्तौदेखि सुन्तला खेती गर्न सुरु गरेको धादिङको बेनिघाट रोराङ गाउँपालिका १०, जबाङ गाउँ सुन्तलाले भरिएको छ। २० वर्षदेखि सुन्तला खेती गरिरहेका जबाङका ६५ वर्षीय हेमबहादुर गुरुङको मुख्य पेसा नै सुन्तला खेती हो। आफूसँग भएका पाखाबारी खेर नफालेको गुरुङले बताए। ‘भएको सबै बारीमा सुन्तला लगाएको छु,’ गुरुङले भने, ‘तरकारी खेती गर्न पानी छैन, सुन्तला खेतीले वर्षमा लाखौं कमाइ हुन्छ।’ उनले आफ्नो सबै जग्गाभरी सुन्तला लगाएका छन्।
नेपालको जुनार चीन निर्यात हुनबाट बञ्चित भएको छ। २०६९ सालमा नेपाल सरकार र चिनिया सरकारबीच नेपालका सुन्तला जातका फलफूल चिनिया सरकारले खरिद गर्ने सम्झौंता भएको थियो। तर, हालसम्म पनि जुनार सुन्तला चाइना जान सकेको छैन्।
चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन्। “एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन्, आँखा झिमिक्क गर्यो की बाँदर आएर सुन्तला सखाप पारिदिन्छन्, बाँदरबाट जोगाउन गाह्रो हुने भएकोले सुन्तला चाडैँ बिक्री गर्नुपर्छ, बाँदर नियन्त्रण गर्ने कुनै उपाय छैन,” वडा नं ४ केराबारी बिसौनाका सुन्ताला कृषक एसपी आले भने।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को स्राङका इन्द्रबहादुर मगरको बारीभरी लटरम्म सुन्तला फलेको छ। घरै वरिपरी दुई रोपनी जग्गामा लगाइएको सुन्तलाले पाखा नै पहेलो बनाएको छ। पहेलै भएर फलेका सुन्तला बारीभरी नै झरेको छ भने केही बस्तुभाउलाई पनि खुवाउने गरेको मगरले बताए।
सप्पै गाउँ पहेंलपुर। गाउँभरी सुन्तलाका बोट। बोटले थामि नसक्ने सुन्तलाका दाना। चिटिक्क घर। घर अगाडि लुङ्दार। प्रत्येक घर फूलहरुले सजाइएको। सफा आँगन। कोदो रोप्ने कान्लामा लहलह अलैंचीका बिरुवा। कतै अम्रिसो रोपिएको।