१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु

ट्याक्टर दुर्घटनामा परी ताप्लेजुङ्गमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मैवाखोला गाउँपालिका वडा नं. ६ बस्ने अन्दाजी ३५ वर्षिय फुतेम्बा शेर्पा रहेका छन्।

ताप्लेजुङमा भेटिए ३९ नयाँ क्षयरोगी, सबैभन्दा बढी फुङलिङमा

ताप्लेजुङमा नयाँ ३९ जना क्षयरोगी पत्ता लागेका छन्। चालु आर्थिक वर्षको ९ महिना अवधिमा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा रहेका छन्।

घरमा आगलागी हुँदा १३ लाखभन्दा बढीको क्षति

आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ। मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा १३ लाखभन्दा बढीको क्षति भएको छ।

एमाले ताप्लेजुङको बाह्रौं जिल्ला अधिवेशन : पाँच पदाधिकारीमा दर्जन बढी आकांक्षी

यही महिनाको २४ र २५ मा हुने नेकपा एमाले ताप्लेजुङको १२ जिल्ला अधिवेशनमा अध्यक्षका लागि चारजना आकांक्षी देखिएका छन्।

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ। यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन्।

सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन जनप्रतिनिधि – प्रशासन अन्तर्क्रिया

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले समग्र सार्वजनिक सेवा प्रवाह तथा सुशासन र शान्ति सुरक्षाकेन्द्रित जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ।

२०८० : पाथिभरा मन्दिरमा डेढ लाख बढी दर्शनार्थी

गत साउनदेखि चैत मसान्तसम्ममा ताप्लेजुङस्थित पाथिभरादेवीको एक लाख ६८ हजार बढीले दर्शन गरेका छन्।

लडेर घाइते भएका वृद्धको उपचारका क्रममा मृत्यु

आफ्नै घरको सिँढीबाट ओर्लने क्रममा लडेर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

चालू आवका मुद्दाका ८० प्रतिशत प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षमा दर्ता भएका मुद्दाका ८० प्रतिशत प्रतिवादी पक्राउ गर्न सफल भएको जनाएको छ।

मैवाखोला: कक्षा ८ को परीक्षामा ५ विद्यार्थी मात्र पास, १४८ ले पढाई दोहोर्‍याउनुपर्ने

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।

गोलियासहित चार ट्र्याक्टर नियन्त्रणमा

ताप्लेजुङस्थित सशस्त्र प्रहरीको नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजंघाबाट खटिएको टोलीले टाँचा नलगाएको र बिलबिजक नभएको गोलियासहितका चारवटा ट्र्याक्टर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय ताप्लेजुङलाई बुझाएको छ।

सुपर कावेलीखोला ‘ए’ क्यासकेट जलविद्युत परियोजनाको एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्रु’

एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्रु’ भएसँगै आयोजनाको ७५ प्रतिशत काम पूरा भएको आयोजनाका प्रमुख मेघनाथ ढुङ्गानाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्