२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लडेर घाइते भएका वृद्धको उपचारका क्रममा मृत्यु

आफ्नै घरको सिँढीबाट ओर्लने क्रममा लडेर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

आठराई त्रिवेणी गाउँपालिका ४ चाँगेका ७६ वर्षीय विजयकुमार लिम्बुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए।

उनका अनुसार घाइते लिम्बुको उपचारका क्रममा झापास्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार लडी घाइते भएपछि उनलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल लगिएकोमा थप उपचारका लागि झापास्थित बिर्तासिटी अस्पताल लगिएको थियो।

उपचारका क्रममा उनको बिर्तासिटीमै मृत्यु भएको प्रहरी भनाइ छ।

प्रकाशित: ३० चैत्र २०८० १५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App