१० कार्तिक २०८१ शनिबार
image/svg+xml

आइजिपी हटाउने खेल सुरु

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ। आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका हुन्।

घुस लिने प्रहरी विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरमा कार्यरत प्रहरी नायब निरीक्षक ज्योति विष्ट सहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सत्तारुढ दलकै भातृ संगठनद्वारा प्रहरी महानिरीक्षकलाई बर्खास्त गर्न माग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई तत्काल वर्खास्त गर्न माग गरेका छन्। अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले गृहमन्त्री रामबहादुर थापालाई भेट्दै आइजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गरेका हुन्।

ट्रिपर सञ्चालनमा पुरानै नियम लागू : समयावधि बढाउने निर्णय फिर्ता

ट्राफिक प्रहरीद्वारा काठमाडौं भित्रका रिङरोड, काेटेश्वर र जडिबुटी सडकखण्डमा ट्रिपर सञ्चालनको समावघि घटाइएको छ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

रौतहट प्रहरीले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना बुधबारदेखि लागू गरेको छ। चाडपर्व आउन थालेपछि अवाञ्छित तत्वहरुद्धारा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावना रहेकोले पूर्व तयारीका साथै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न जिल्लाभरी नै विशेष सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घुससहित प्रहरी हबल्दार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार घुस रकमसहित एक प्रहरी हबल्दारलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत हबल्दार नरुल अन्सारीलाई घुस बापत लिएको ३० हजार नगदसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

जब खरेललाई आइजिपी बन्नका लागि २० लाख रुपैयाँ मागियो...

वि.सं २०५३ फागुन १५ मा मोतीलाल बोहोराको पदावधि सकिँदै थियो। अच्युतकृष्ण खरेल र धुर्वबहादुर प्रधान भावी आइजिपीका दाबेदार थिए। खरेललाई आइजिपी बन्नका निम्ति २० लाख रूपैयाँ तयार पार्ने सुझाव आयो। सरकार परिवर्तन हुने हल्लाबीच शक्तिशाली ब्यक्तिबाट यस्तो प्रस्ताव आएपछि खरेल दुविधामा परे। उनको प्रतिक्रिया के रह्यो ? के खरेल आइजिपीको फुली लगाउनको निम्ति त्यो प्रस्ताव स्विकार्न तयार भए ?

सहायता कक्षदेखि सादा पोसाकमा प्रहरी

जिल्ला प्रहरी कार्यालय गुल्मीले दसैं, तिहार र छठ लगायत नजिकिएका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ। चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना तयार गरेर लागु गरेको हो।

गाउँमा प्रहरीको साइकल गस्ती

ग्रामीण क्षेत्रमा हुने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्नका लागि प्रहरीले साइकल गस्ती सुरु गरेको छ। नजिकिँदै गरेको चाँडपर्वलाई लक्षित गरेर गाउँगाउँमा साइकल गस्ती सुरु गरिएको प्रहरीले जनाएको छ।

गाँजा नष्ट गर्दै प्रहरी

प्रहरीले गाँजा नष्ट अभियान सुरुवात गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वशन्त रजौरेले प्रदेश राजधानी वीरेन्द्रनगरबाट यो अभियानको सुरुवात गरेका हुन्।

सुरक्षा संयन्त्रको साख

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यासँगै नेपाल प्रहरीको साखमा गम्भीर क्षति भएको छ । उक्त काण्डको दुई महिना पुगिसक्दा पनि वास्तविक अपराधी दृश्यबाट बाहिरै रहेको देखिएको छ।

उत्कृष्ट प्रहरी अधिकृत किन खटाइएन

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएकोे छ।

डिएनए जाँच २ ठाउँमा गरिएको होः नेपाल प्रहरी

कञ्चनपुर घटनामा निलम्बित प्रहरी उपरीक्षक डिल्ली बिष्ट सहित तीन जनाको डिएनए परीक्षण २ स्थानमा गरिएको नेपाल प्रहरीले स्पस्ट पारेको छ।

प्रहरीमा भर्ना खुल्यो, ७ हजार २ सय ५६ जनालाई जागिरकाे अवसर

नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदमा सोमबार भर्ना आह्वान गरेको हो।

दशैंतिहार सुरक्षा योजना : तीन हजार प्रहरी, नाकामा कुकुरसहित चेकजाँच

महानगरीय प्रहरी परिसर काठमाडौंले दशैंतिहार सुरक्षा योजना सार्वजनिक गरेको छ। सुरक्षा योजनामा साढे तीन हजार प्रहरी परिचालन गर्नेदेखि काठमाडौं छिर्ने नाकामा कुकुरसहित चेकजाँच गर्ने सम्मको तयारी छ। प्रहरी परिसरले आइतबार टेकुस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी नेपालीको महान् चाड दशैं, तिहार र छठमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यसहित सुरक्षा योजना सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्