बर्सेनि थपिँदै हवाई यात्रु, विमानस्थलको नाफा पनि निरन्तर
पोखरामा हवाई जहाजबाट आउजाउ गर्ने यात्रु निकै थपिएका छन् । यात्रुमध्ये पनि आन्तरिक यात्रु अधिक रुपमा बढेको विमानस्थलले जनाएको छ । एक वर्ष अवधिमा झन्डै डेढ लाख हवाई यात्रु थपिएका छन्।
पोखरामा हवाई जहाजबाट आउजाउ गर्ने यात्रु निकै थपिएका छन् । यात्रुमध्ये पनि आन्तरिक यात्रु अधिक रुपमा बढेको विमानस्थलले जनाएको छ । एक वर्ष अवधिमा झन्डै डेढ लाख हवाई यात्रु थपिएका छन्।
मनमोहक हिमाल, ताल र मनोरम दृश्यहरुले सिगारिएको नेपालको सुन्दर पर्यटकीय सहर पोखरालाई जापानिहरुका विच प्रचार प्रसारगरी पर्यटन प्रवर्द्धन गर्न कास्की पोखरा समाज जापानले जापानभरी 'जाउँ है पोखरा' अभियान शुरु गरेको छ।
दशैं लगत्तै शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) को लागि पोखरेली खेलाडीले पनि आफ्नो सहभागिता जनाउन सक्ने छन्। ६ फ्रेन्चाईज सहरमध्ये पोखराबाट अनिवार्य दुईखेलाडीलाई राख्नुपर्ने प्रावधान आयोजकले राखेपछि खेलाडीले आफ्नो क्षमता देखाउने अवसर पाउने छन्।
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्ने तयारी सुरु भएको छ।
पोखरा विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन्। विश्वविद्यालयले भर्नामा असमान व्यवस्था गरेको, जथाभावी शुल्क वृद्धि गरेको लगायतका माग राखी विद्यार्थीहरु आन्दोलित भएका हुन्।
फेवाताल किनारमा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टका केही कित्ता सार्वजनिक जमिनमा समेत देखिएका छन्।
स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा पोखरामा शनिबार दवाव र्याली निकालिएको छ। नागरिक समाज, व्यापारी, स्वास्थ्य क्षेत्रका पदाधिकारी, विद्यार्थी, सर्वसाधारण सहभागि र्यालीले केसीको माग पुरा गर्न सरकारलाई दवाव दिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन्।
सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधा सम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ।
पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ।
अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडक खण्ड बाह्र घण्टापछि सञ्चालन भएको छ।
अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।
तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ।
गएरातीदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ।
तहल्का टुर्स एन्ड ट्राभल्सले धुलिखेल–पोखरा पर्यटक बस सञ्चालन गर्ने भएको छ । यी दुई ऐतिहासिक सहरलाई जोड्ने गरी आगामी साउन १ गतेदेखि बस सञ्चालन गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिम्सिनाले बताए।