५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

देश लुट्नेहरूको सम्पत्ति छानबिन गरिनुपर्छ, हामीले दुःख गरेर कमाएका हौं: सुधन

पूर्वमन्त्री सुधन गुरुङले देश लुट्ने र मुलुकलाई बर्बाद बनाउनेहरूको सम्पत्ति छानबिन गरिनुपर्ने बताएका छन्।

प्राकृतिक विपद् न्यूनीकरणका लागि योजना बनाउँदै जुम्ला प्रशासन

आठवटै स्थानीय तहलाई समेटेर विपद् लक्षित बजेट, राहत सामग्री, तालिमप्राप्त जनशक्ति र उद्धार संरचना तयारी गर्ने निर्णय गरिएको छ।

डा. मनोज शर्माले आजै प्रधानन्यायाधीशको शपथ लिने

संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महाभारत गाउँपालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समृद्धिको मार्गचित्र कोरेको छ: खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूले मुलुकमा ३५ वर्षदेखिको बेथिति सुधार गर्ने संकल्प बोकेको बताएका छन्।

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा चार जनाको नाम सिफारिस (सूचीसहित)

अध्यक्ष छनोटका लागि गठित अध्यक्ष छनोट सिफारिस समितिले उनीहरुको सूची सार्वजनिक गरेको हो।

दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न उपकुलपतिको जिम्मेवारी पाएका प्राध्यापकलाई सरकारको निर्देशन

उपकुलपति नियुक्तिका लागि आठ वटा विश्वविद्यालयमा सिफारिस समिति गठन भई आवेदन दिने समय समाप्त भएको तथा छनोट प्रक्रिया अघि बढिसकेको छ ।

मन्त्रिपरिषद बैठक सुरु

प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारमा जारी छ। बैठकमा विभिन्न मन्त्रालयका एजेण्डामाथि छलफल भइरहेको छ।

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई दुई छाक निःशुल्क खाना

सुरुमा दुई छाक खाना उपलब्ध गराइने र पछि खाजाको पनि व्यवस्था गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताए।

सूचना प्रविधिको पाठ्यक्रम तयार हुँदै

नेपालमा सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न सघाउ पुर्याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ।

प्रिमियर लिगः म्यान सिटीको हार वा बराबरी कुर्दै आर्सनल

आफ्नो दुई खेल बाँकी रहँदा सिटी ७७ अंकमा दोस्रो स्थानमा रहेको छ। उपाधि होड कायम राख्न सिटीलाई बर्नमाउथविरुद्धको खेलमा जितको विकल्प छैन।

जनजीविकामा आधारित बजेट तय गर्न सांसदहरूको आग्रह

रास्वपाका सांसद विपीनकुमार आचार्यले आगामी आवको बजेटमा देशभरका नागरिकले खानेपानीका लागि गरिरहेको कठिन सङ्घर्षको अन्त्य हुनपनेए बताए।

नेप्से ६.५१ अंकले घट्दा ३ अर्ब ८ करोडको कारोबार

साताको दोस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार परिसूचक (नेप्से) ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा झरेको छ।

मुक्त घोषित मजदुरको पुनःस्थापना किन भएन ?

सङ्घर्ष समितिका अनुसार हालसम्म एक हजार १०४ मुक्त हलिया परिवारले पुनःस्थापना कार्यक्रमको अन्तिम किस्ता रकम पाउन सकेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्