९ आश्विन २०८१ बुधबार
image/svg+xml

निजगढ काठमाडौँ द्रुतमार्ग सडकको अनुगमन

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणाधीन करिब २४ किलोमिटरको भीमफेदी– इपा सडक तथा निजगढ काठमाडौँ द्रुतमार्गको अवलोकन तथा अनुगमन गरेका छन्।

एकताको प्रतिक छठः मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालीको एकताको प्रतिकको रुपमा छठ पर्व रहेको बताएका छन्। हेटौंडा १० स्थित राप्ती खोला किनारमा आयोजित सामुहिक छठ पूजाको उद्घाटन गरेपछि उनले छठ पर्व मधेशीले मात्र नभई सबै नेपालीको साझा पर्व भएको बताए।

भ्रमण बर्ष औपचारिकता मात्र नबनाउने मुख्यमन्त्रीको उद्घोष

नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन तथा लक्ष्य अनुसार विदेशी पर्यटन भित्र्याउन १ नं प्रदेशमा प्रदेशस्तरीय पर्यटन प्रर्वद्धन समिति गठन भएको छ।

कृषिमा नेपालको ठूलो श्रम शक्ति अलमलियोः मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले परम्परागत कृषिका कारण नेपालको ठूलो श्रम जनशक्ति अलमलिएको बताएका छन्। उनले विगतदेखि नै परम्परागत रुपा कृषि गर्ने तर व्यवसायिक बन्न नसक्दा त्यहि कृषिमा ठूलो श्रम शक्ति अलमलिएकाले त्यो जनशक्ति अन्यत्र परिचालन गर्नुपर्ने बताए।

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु भएको छ। हेटौँडा– ८ स्थित  चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार वृक्षरोपण गर्दै  कार्यक्रमको शुभारम्भ गरेका हुन्।

मुख्यमन्त्री शाहीको प्रश्नः पार्टी नेताहरुमै अराजक प्रवृत्ति हाबी भयो, लगाम कसले लगाउने?

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीभित्र अराजकता बढेको बताएका छन्।

‘समाजलाई पछाडि धकेल्ने प्रयत्न अस्वीकार्य’–मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताएका छन्। उनले जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई व्यवहारमा लागू गर्न राज्यलाई नै बलियो बनाउनुपर्ने बताए।

स्थानीय र प्रदेश सरकार मिलेर सुदूरपश्चिमको विकास गरौः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका दिनमा अरुका कारणले सुदूरपश्चिममा विकास नभएकाले अब स्थानीय र प्रदेश सरकार मिली विकास गर्नु पर्ने बताए।

जनतामा उत्साह थप्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

प्रदेश नं ५ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले जनतामा उत्साह थपेको छ। कार्यक्रम अन्तर्गत आर्थिक तथा सामाजिक विकासका दृष्टिकोणले पछिपरेका ग्रामीण क्षेत्रका जनताले गाउँटोलमै स्वास्थ्य, शिक्षा, कृषि र स्वरोजगारमा प्रत्यक्ष लाभ पाउँदा प्रदेश सरकारको अनुभूति गरेका छन्।

३ प्रदेशले संविधान दिवस भव्य रूपमा मनाउने तयारी

पाँचौँ संविधान दिवसलाई प्रदेश ३ सरकारले भव्यरूपमा मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा प्रदेशका अन्य मन्त्रीहरुको समेत उपस्थितिमा आज बसेको बैठकले संविधान दिवसको अवसरमा विविध कार्यक्रमहरु गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले दिए तीजको शुभकामना

मुख्यमन्त्री पौडेलले तीजका अवसरमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त समेत गरेको छ

मुख्यमन्त्री भट्टले दिए,अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अटवारी पर्वका अवसरमा थारु समाजमा मनाइने पर्वहरुले सामाजिक एकता, भ्रातृत्व र शान्तिको सन्देश दिन प्रेरणा मिलोस् भनी शुभकामना दिएको छ

‘विगतमा पड्किएका बम र बन्दुकको अर्थ थियो, अहिले विप्लवका गतिविधी गलत’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डेढ बर्षसम्म पनि संघीय कानुन नबन्दा संघीयता कार्यान्वयनमा समस्या देखिएको बताएका छन्।

संघीयताको मर्म जोगाउनु पर्छः मुख्यमन्त्री पौडेल

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको मर्म जोगाउनु नै स्थानीय सरकारको प्रमुख दायित्व भएको बताएका छन्।

सहभोजमा सहभागी आचार्यलाई तनाव, मुख्यमन्त्री गुहारे

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७६ वर्षीय टंकप्रसाद आचार्यलाई जिल्ला समन्वय समितिबाट सहभोजमा सहभागीताका लागि पत्र प्राप्त भयो। छुवाछुतमुक्त समाज निर्माणका लागि १ नम्बर प्रदेशको अभियान अन्तर्गत समन्वय समितिको पत्र प्राप्त भएपछि आचार्य उत्साहकासाथ जेठ १८ गतेको सहभोजमा सहभागी भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्