९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्रहरीले माला लगाइदिएपछि चालक छक्क, यात्रु मख्ख

प्रहरीले माला र फूलको गुच्छा दिँदै हिँडेको देखेर आइतबार बिहान गोरखा सदरमुकामबाट काठमाडौं, चितवन, पोखराका लागि छुटेका यात्रुबाहक बसका चालक छक्क परे। नियम अटेर गर्ने चालक, सहचालक र सधैं सिठी फुकेर लखेट्ने प्रहरीबीचको यो दृष्य देखेर यात्रु र अन्य स्थानीय अनौठो मानेर हेरिरहे।

फरार अभियुक्त धमाधम पक्राउ, एकै दिन १३ जना खोरमा

विभिन्न आपराधिक गतिबिधिमा संलग्न भई जिल्ला अदालतबाट दोषी करार भए पनि फरार रहेका उदयपुरका दर्जन बढी अभियुक्तलाई प्रहरीले एकैदिन पक्राउ गर्न सफल भएको छ।

यातायातमा डेढ अर्ब

सबै आफ्नो परिवार लिएर आफ्ना बुबाआमा, आफन्त मान्यजनसँग टीका थाप्न र आर्शिवाद लिन दसैंमा गाउँघर फर्किने गर्छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० देखि २५ लाख यात्रु दसैं मनाउन गाउँघर फर्किन्छन्।

प्रदेश प्रहरीलाई गाडी हस्तान्तरण

प्रदेश प्रहरीका लागि खरीद गरिएका नौ थान गाडी सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षकलाई आज हस्तान्तरण गरिएको छ।

चाडपर्वमा सुरक्षा चुस्त पार्न

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको दसैं, तिहार र छठ पर्र्वलाई लक्षित गरेर सर्वसाधारणका लागि सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वमा हुनसक्ने विभिन्न दुर्घटना, ठगी र गैरकानुनी कार्यलाई मध्यनजर गर्दै महाशाखाले असोज ५ गतेदेखि सो सुरक्षा योजना ल्याएको हो।

यस्ताे छ दसैं तिहारमा ट्राफिक प्रहरीकाे सुरक्षा याेजना

महानगरिय ट्राफिक प्रहरी महाशाखाले बडादशैं, तिहार र छठ पर्वको अवसरमा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुरक्षा योजना बनाएकाे छ। जसअनुसार विशेष चेकिङ्गको ब्यबस्था गरेकाे छ।

प्रहरीलाई अपहरण गर्न खोज्ने तस्करमाथि गोली प्रहार

प्रहरीलाई अपहरण गर्न खोज्ने अवैध लागूऔषध गाँजा तस्करीमा संलग्नलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले राजमार्गको सुरक्षा गर्ने

चाडपर्वका समयमा राजमार्ग क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरी परिचालन गरिने भएको छ। जिल्ला सुरक्षा समितिले चाडपर्वका समयमा जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन राजमार्गमा सशस्त्र प्रहरी परिचालन गर्न लागेको हो।

दशैंमा सबै सवारीमा दुई चालकको अनिवार्य, मापसे गर्नेलाई कडा कारवाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ।

सुन लुटपाट गरेको आरोप लागेका असई फरार

सुन लुटपाट गरेको आरोप लागेपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामा फरार भएका छन्।

प्रहरी जवानबाट किशोरी बलात्कार प्रकरणः यसरी फेरियो साढे पाँच लाखमा बयान

अन्त्यमा पाँच लाख ५० हजारमा कुरा मिल्यो। पीडित र पीडितका आफन्त बयान फेर्न राजी भए। घटनाले पुरै यू-टर्न लियो। आफूलाई यादवले जवरजस्ती करणी गरेको भनि जाहेरी दिएकी युवतीले बयान फेरिन्।

समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण– गृहमन्त्री थापा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आइतबारदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा उनले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्