२६ आश्विन २०८१ शनिबार
image/svg+xml

खेलाडीको करार थपिने विश्वास

कोरोना भाइरसका कारण प्रभावित प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक लाम्पार्डले वर्तमान खेलाडीबाट सिजन अन्त गर्ने बताउँदै खेलाडीहरूको सम्झौता थपिने विश्वास व्यक्त गरेका हुन् । कोरोनाका कारण विश्वका अधिकांश फुटबल गतिविधि रोकिएको अवस्थामा खेलाडीको स्वास्थ्य चिन्ताका साथै उनीहरूको सम्झौता अविधि पनि बढाउनुपर्ने प्रतिक्रिया आइरहेका छन् ।

लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ

पश्चिमी लन्डनस्थित उनकै घरबाट स्थानीय प्रहरीले हड्सन र एक मोडललाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको इङ्लिस मिडियाले जनाएका हुन् । उनले ती मोडललाई आइतबार एम्बुलेन्समार्फत आफ्नो घरमा बोलाएका थिए । इङ्ल्यान्ड सरकारले अपनाएको सामाजिक दूरी कायम नगरेकाले हड्सन र ती मोडललाई पक्राउ गरिएको थियो ।

बायर्नको सहज जित

बन्द रंगशालाबीच बायर्नले उपाधि यात्रा कायमै राख्ने क्रममा आइतबार तुलनात्मक रूपमा कमजोर युनियन बर्लिनमाथि सफलता रचेको हो । बर्लिनमा लेवान्डोवस्कीले पहिलो हाफमा पेनाल्टीमार्फत र डिफेन्डर बेन्जिामिन पाभार्डले अन्तिम समयतिर गोल गर्दै बायर्नको अग्रता बढाए ।

प्रिमियर लिग, आजबाट सामूहिक अभ्यास अनुमति

इङ्लिस प्रिमियर लिग क्लबका खेलाडीहरूले मंगलबारबाट सामूहिक अभ्यास गर्न पाउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण रोकिएका फुटबल गतिविधि विभिन्न विकल्पका साथ सुचारु हुने क्रममा छन् । प्रिमियर लिगले जुन १२ मा लिग पुनः सुचारु गर्ने गरी तयारी गरिरहेको छ । सोमबार बसेको प्रिमियर लिग क्लबको बैठकले सानो समूहमा अभ्यास गर्न अनुमति दिने भएको हो ।

स्पेनिस ला लिगा : दश खेलाडी अभ्यासको अनुमति

स्पेनिस ला लिगाको आयोजकले एकै पटक १० खेलाडी अभ्यास गर्न सक्ने बताएको छ । गत मार्चबाट स्थगित भएको लिग सुचारु गर्नका लागि भन्दै आयोजकले सोमबार १० खेलाडीले एकै पटक अभ्यास गर्न सक्ने बताएको हो ।

सिरी ‘ए’ बाँकी सिजन सञ्चालन

दुई महिनादेखि स्थगित सिरी ‘ए’ को सिजन फर्काउन तयारी भइरहँदा इटालीका प्रधानमन्त्री जियुसेपेको त्यस किसिमको भनाइ आएको हो । युरोपमा कारोना भाइरसले धेरै मानवीय क्षति भएको इटालीमा फुटबल खेल फर्काउन प्रयास भइरहको छ । सिरी ‘ए’ क्लबहरूले पनि आगामी जुन १३ देखि खेल सञ्चालन गर्न सुझाव दिइसकेका छन् ।

शीर्ष क्लबलाई साढे तीन अर्ब युरो घाटा

गत सिजन युरोपका विभिन्न लिगका प्रमुखहरूको बैठकमा यस्तो निष्कर्ष निस्किएको हो । घरेलु लिग तथा युरोपका अन्य प्रतियोगिता पूरा नभएको खण्डमा त्यो घाटा ६ अर्ब २० करोड युरोसम्म पुग्न सक्छ । शनिबारबाट जर्मन बुन्डेसलिगा सुरु भइसकेको छ भने प्रिमियर लिग जुन १२ मा सुरु हुने गरी तयारी भइसकेको छ ।

क्लब ब्रुग च्याम्पियन घोषित

वर्तमान महामारीका कारण प्रो लिगले बाँकी खेल स्थगित गर्दै क्लब बु्रगलाई प्रो लिगको उपाधि सुम्पिने र वासल्यान्ड बेभरेनलाई रेलिगेसन गर्ने निर्णय गरेको हो । गत मार्चमा खेल स्थगित भएपश्चात् कुल ११ खेल खेल खेल्न बाँकी थियो । ब्रुगले दोस्रो स्थानको जेन्टसँग १५ अंकको अग्रता बनाएको थियो ।

भिल्लारियल र गेटाफेद्वारा मिलेमतो अस्वीकार

स्पेनिस मिडियाले लगाएको खेलमिलेमतोको आरोप भिल्लारियल र गेटाफे क्लबले शुक्रबार अस्वीकार गरेका छन् । गत वर्ष ला लिगाअन्तर्गत २–२ को बराबरी नतिजा आत्मसात् गरेको उक्त खेलमा भिल्लारियल र गेटाफेले खेलमिलेमतो गरेको आरोप लागेको छ ।

बुन्डेसलिगा सुरु, डर्टमन्डको सानदार जित

‘यो वास्तविकता हो,’ बोरुसिया डर्टमन्डका निर्देशक हान्स जोचिम वाट्च्कीले शनिबार साल्केविरुद्धको खेलदौरान भने, ‘पछिल्लो एक दुई घण्टामा मैलै विश्वभरबाट सन्देशहरू प्राप्त गरिरहेको छु । सबैको आशय एउटै छ, मैदानमा खेलाडीहरू खेलिरहेका छन् ।’

समीक्षाको उपचार खर्च एन्फाले व्यहोर्ने

विराटनगरमा उपचार गराइरहेकी महिला फुटबलर समीक्षा मगरको सम्पूर्ण उपचार खर्च अखिल नेपाल फुटबल संघ (एन्फा)ले व्यहोर्ने भएको छ । उदयपुर बेलका नगरपालिका–५ की १६ वर्षीया मगरको वैशाख १२ गते घरमा काम गर्ने क्रममा दाहिने आँखामा चोट लागेको थियो ।

जनचेतना बाडदै इङ्लिस क्लब

कोरोना भाइरसको त्रास बढेसँगै नियमित फुटबल खेल्नमा रोक लगाइएपछि इङ्लिस प्रिमियर लिगका क्लबहरूले भने सार्वसाधारणलाई सोही रोगका बारेमा जनचेतना बाँड्नुका साथै उनीहरूको दैनिकी स्वाभाविक रूपमा अघि बढोस् भन्ने कार्य गरिरहेका छन्।

मैत्रीपूर्ण फुटबल स्थगित

नेपाली राष्ट्रिय फुटबल र इङ्ल्यान्डको ‘सी’ टोलीबीच हुने मैत्रीपूर्ण खेल कोरोना भाइरसको त्रास बढेसँगै स्थगित भएको छ।

कोरोनालाई सामान्य नलिन चेतावनी

इङ्लिस प्रिमियर लिग क्लब उल्भरह्याम्पटनका प्रमुख जेफ सीले फुटबल समर्थकसामु कोरोना भाइरसलाई सामान्य रूपमा नलिन चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्