२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ

चेल्सी र इङ्ल्यान्डका फुटबलर कलुम हड्सन ओडोईलाई लकडाउन उल्लंघन गरेको आरोपमा एक मोडलसहित पक्राउ गरिएको छ ।

पश्चिमी लन्डनस्थित उनकै घरबाट स्थानीय प्रहरीले हड्सन र एक मोडललाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको इङ्लिस मिडियाले जनाएका हुन् । उनले ती मोडललाई आइतबार एम्बुलेन्समार्फत आफ्नो घरमा बोलाएका थिए । इङ्ल्यान्ड सरकारले अपनाएको सामाजिक दूरी कायम नगरेकाले हड्सन र ती मोडललाई पक्राउ गरिएको थियो । ‘एक अस्वस्थ महिलाका लागि बिहान ३ बजेर ५३ मिनेटमा प्रहरी र लन्डनको एम्बुलेन्स बोलाएको हो,’ महानगरीय प्रहरीले जनाएको छ ।

ती महिलालाई अस्पताल लगिएको र हड्सनलाई भने प्रहरीले हिरासतमा लिएको थियो । यद्यपि, उनलाई बिहान नै स्थानीय प्रहरीले धरौटीमा रिहा गरिसकेको छ । सामाजिक सञ्चालमार्पmत उनले ती मोडललाई आफ्नो घर पेन्टहाउसमा बोलाएको ब्रिटिस मिडियाले जनाएका छन् । उनको क्लब चेल्सीले यसबारे बुझिरहेको जनाएको छ । १९ वर्षे हड्सनले चेल्सीबाट यस सिजन १७ खेल खेलेका छन् । गत वर्ष इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले तीन खेल खेलेका छन् ।

हड्सन ओडोई प्रिमियर लिगमा कोरोना भाइरस संक्रमित पहिलो खेलाडी पनि हुन् । मार्चमा प्रिमियर लिग स्थगित हुनुअघि नै उनमा कोरोना भाइरस पुष्टि भएको थियो । केही समयपछि उनले सामाजिक सञ्जालमार्फत आफू पूर्णरूपमा ठीक भइसकेको र आफ्नाबारे चिन्ता नलिन आग्रह गरेका थिए ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App