हुलाकी सडकमा बजेट अभाव
सरकारले राष्ट्रिय गौरवको आयोजना नामकरण गरेको हुलाकी सडकमा बजेट अभाव भएको छ। गत साउन २९ गते अर्थ मन्त्रालयले बजेट उपलब्ध गराउने सुनिश्चतता दिएको उक्त सडकलाई अहिले सोही मन्त्रालयले नै बजेट उपलब्ध गराउन नसकेको हो।
सरकारले राष्ट्रिय गौरवको आयोजना नामकरण गरेको हुलाकी सडकमा बजेट अभाव भएको छ। गत साउन २९ गते अर्थ मन्त्रालयले बजेट उपलब्ध गराउने सुनिश्चतता दिएको उक्त सडकलाई अहिले सोही मन्त्रालयले नै बजेट उपलब्ध गराउन नसकेको हो।
‘नगरी काम पुग्दैन खान साँझ र विहान’ यो गीत त्यसै सबैको रोजाइमा परेको होइन्। लाखौं निमुखा र विपन्नहरुको कथा, ब्याथा बोकेको छ यस गीतले, त्यसैले त सबैको मन मुटुमा बस्न सफल छ। रुकुम (पुर्व) को सिस्ने गाउँपालिका वडा नं. ६ का उमेरले ६२ नाघेका बलजित विकको जीवनको कथा पनि यसै गीतको भावसँग मिल्दो छ।
ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् ।अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ।
त्रिदेशीय महत्व र प्रमुख व्यापारिक मार्गका रुपमा हेरिएको गमगढी–नाक्चेलाग्ना सडकका लागि जिल्लामा नै परियोजना कार्यालय स्थापना गर्ने भनिए पनि हालसम्म झोलामा सीमित रहेको छ ।
प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको म्याद अब नथपिने बताएका छन्। तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ।
हरिवन बजारस्थित पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ नाला र रेलिङ (बार) निर्माणको काम अधुरै छाँडिदा हरिवन बजार अव्यवस्थित देखिएको छ । हरिवन बजारको काम अधुरो रहँदारहँदै सोही प्रकृतिको काम डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले नयाँरोडमा १५ दिनदेखि काम सुरु गराएको छ ।
ठेकेदार कम्पनीको चरम लापारबाहीका कारण यहाँ निर्माणाधीन हुलाकी सडकमा यात्रा कष्टप्रद बनेको छ । ७९ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको हुलाकी सडकको ५७ किलोमिटर खण्डमा उपयुक्त डाइभर्सन नबनाइएकाले यातायात सञ्चालनमा समस्या छ । डाइभर्सनको अनुपयुक्त संरचनाकै कारण सवारी साधनलाई यो सडकमा जोखिमपूर्ण ढंगले गुड्नुपरेको छ ।
त्रिदेशीय महत्व र प्रमुख ब्यापारिक मार्गका रूपमा हेरिएको गमगढी—नाक्चेलाग्ना सडक खण्डको निर्माण कार्य कछुवा गतिमा अगाडी बढी रहेको छ। २०७३ पौष ७ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद बैठकले चीनको तिब्बतसँग जोड्ने उक्त सडकको निर्माण कार्य दुर्तगतिमा अगाडि बढाउन जिल्लामा परियोजना कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच वर्षभित्र प्रदेश नम्बर ६ का सबै स्थानीय तहमा सडक र बिजुली पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच वर्षभित्र प्रदेशका सबै स्थानीय तहमा सडक र विद्युत पुर्याउने प्रतिवद्धता जनाएका छन्। शुक्रबार मुख्यमन्त्रीको सपथपछि नागरिकसँग कुरा गर्दै शाहीले समृद्धिको मुल आधार सडक भएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए।
हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ । पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडक निर्माण भइरहेको छ । सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम भइरहेको जनाएको छ।
दुई वर्षमा सक्नुपर्ने आयोजना तीन वर्ष बित्नै लाग्दा पनि ठेकेदार कम्पनीले थप तीन वर्ष मिति मागेको छ, भन्ने सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ।
जनप्रतिनिधि भएर आउँदा वडा कार्यालय अस्तव्यस्त र भद्रगोल थियो । अहिले वडा कार्यालयलाई व्यवस्थित र आकर्षिक बनाएका छौँ, वडाले दिने सेवाप्रवाहलाई समेत चुस्तदुरुस्त बनाएका छौँ । मालपोत कार्यालयदेखि कीर्तिपुर फलामे पुलसम्मको असरल्ल र भताभुंग सडकलाई व्यवस्थित बनाएर सवारीसाधन गुड्ने अवस्थामा ल्याएका छौँ । वडाका विभिन्न स्थानमा ढुंगा तथा ब्लक ओछ्याउने काम तीव्र गतिमा भइरहेको छ । बाघभैरव क्षेत्रमा २२ मिटरको पर्खाल बनाएका छौँ । खाल्डाखुल्डी पुर्नेदेखि मर्मतसम्भार लगायत कामलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छु ।
बजेट अभावका कारण निर्माणाधीन सडक बीचमै रोकिन थालेका छन् । बजेट अभावले बहुवर्षे सडक अन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महत्वका कपिलवस्तुका ६ वटा मुख्य सडकको निर्माण कार्य ठप्प छन् । कोइली–कोपवा–तिलौराकोट, सुठौली–बैदौली–पटना, पकडी–जयनगरा, बर्रोहिया–पचेहरा, चाकरचौडा–गौरा–सिसहनिया र पिपरा–पकडी सडक निर्माण बीचमै रोकिएको छ ।
विभिन्न बाधा अवरोधबीच लामो प्रतिक्षापछि साकार हुन लागेको छ ‘हुलाकी सडकको सपना’ । माटो भरेर सम्याउँदै हुलाकी सडकको रुपरेखा मात्र के बनेको छ, साबिकका खाँटी देहात (अविकसित ग्रामीण क्षेत्र) बदलाव हुन थालेको छ ।