२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भक्तपुरमा नारायण गोपाल स्मृति साँझ

भक्तपुर सांगीतिक समाजको आयोजनामा भक्तपुरमै पहिलोपटक नारायणगोपाल साँझ हुने भएको छ । समाजले सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गरी आगामी पुस २२ गते शनिबार भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा साँंझ गर्ने जानकारी गराएको छ ।

भक्तपुरमा नेमकिपाका प्रेम सुवाल विजयी

भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदरबार प्रेम सुवाल विजयी भएका छन्। विपक्षीलाई झण्डै दोव्वर मतको फराकिलो अन्तरका साथ सुवाल विजयी भएका हुन्। सुवालले ३३ हजार ७६ वटा मत पाएका छन् । उनका निकटम प्रतिद्धन्ती नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ मत पाएका छन्।

भक्तपुर-१ मा प्रेम सुवालले मतअन्तर फराकिलो पारे

सुरुवाती अवस्थामा तेश्रो स्थानमा खुम्चिएको भक्तपुर क्षेत्र न १ का नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले मतअन्तरलाई फराकिलो पार्दै लगेका छन्। पार्टीका उम्मेदबार प्रेम सुवालले दिउँसो साढे दुई बजेसम्म १६ हजार ९८ मत पाएका छन्।

भक्तपुर २ मा एमालेका बस्नेत विजयी

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेस बस्नेत विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दमननाथ ढुंगानालाई पराजित गरेका हुन्। बस्नेतले ३६४१२ मत प्राप्त गरेका छन् भने ढुंगानाले १८६८७ मत प्राप्त गरे। ढुंगाना पूर्व सभामुख समेत हुन्।

भक्तपुरमा कांग्रेसको अग्रता

प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं. १ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ।

भक्तपुरस्थित हनुमन्ते खोलाको पुलमा राखिएको बम निस्क्रिय

मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटारको मध्यपुर ठिमीस्थित हनुमन्ते खोलाको पुल छेउमा राखिएको बम सेनाको टोलीले निस्क्रिय पारेको छ। बम राखिएको स्थानबाट नजिकै दुई वटा मतदान केन्द्र छन्।

भक्तपुरमा शान्तिपूर्ण र उत्साहजनक मतदान (भिडियो)

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विहान ११ बजे मतदान गर्ने कार्यक्रम छ । नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले १० बजे विद्यार्थी निकेतन मावि मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम छ । पूर्वमन्त्री महेश बस्नेतले गुण्डुस्थित भैरवी निमावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

अभाव झेल्दै भक्तपुर क्यान्सर अस्पताल

कुनै बेला भक्तपुर क्यान्सर अस्पतालको पुरानो भवनमा बिरामीहरूले दिवा सेवा लिएर जान्थे । सेवा दिने र लिने दुवैलाई राहत हुन्थ्यो । २२ वर्षको अन्तरालमा अस्पतालको रूप फेरिएको मात्रै छैन सेवा पनि विस्तार भएको छ । क्यानसरका बिरामीहरूलाई सेवा दिइरहेको यो अस्पतालको विस्तारसँगै अभाव पनि चुलिँदै गइरहेको छ ।

ढुंगानाद्वारा निर्वाचनमा सहयोग गर्न नेमकिपालाई आग्रह

नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार दमननाथ ढुंगानाले नेपाल मजदुर किसान पार्टीसँग मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन्।

भक्तपुरमै पैसा बाँडेर भोट !

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले घोषणापत्र नभई पैसाको खाम लिएर मत माग्न आउने नेताहरुलाई लखेटेर पठाउन जनतासँग आग्रह गरेका छन्।

भक्तपुर : नेमकिपा भर्सेस कांग्रेस-एमाले

आगामी मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरमा तीनवटा राजनीतिक दलबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवदी केन्द्रबीचको वाम गठबन्धन र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बीच तीव्र प्रतिस्पर्धा हुने देखिएको हो ।

भक्तपुरमा वाम तालमेल संकटमा

भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीचको वाम तालमेल संकटमा परेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भक्तपुरले प्रेस विज्ञप्ति प्रकाशित गरी तालमेल टुटेको आधिकारिक घोषणा गरेको छ।

भक्तपुरवासीलाई ‘सरप्राइज’

पहिलो सरप्राइज, २०४८ देखि निरन्तर चुनाव जित्दै आएका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें यसपटक उम्मेदवार भएनन् । दोस्रो सरप्राइज, लामो सयमदेखि सक्रिय राजनीतिबाट टाढै बसेका पूर्वसभामुख दमननाथ ढुंगानाको उम्मेदवारी ।

भक्तपुरमा एक विदेशीसहित चार मृत फेला

दुई दिनको अवधिमा भक्तपुरका चार छुट्टाछट्टै स्थानमा एक जना विदेशीसहित चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार नगरकोटस्थित होटल हिमालयन भिल्लामा बंगलादेशको नागरिक ३४ वर्षीय हसन फेरोदोस अचानक बेहोस भएको र उपचारको लागि डा. ईवामुरा अस्पताल लगिएकोमा डाक्टरले मृत्यु भइसकेको घोषणा गरेको हो।

पूर्व सभामुख ढुंगाना भक्तपुर २ बाट काँग्रेस उम्मेदवार

नेपाली काँग्रेसले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा पूर्वसभामुख दमननाथ ढुंगानालाई उम्मेदवार उठाएको छ। पार्टी जिल्ला समितिको सिफारिसमा नपरेका पूर्व सभामुख ढुंगानालाई कांग्रेस संसदीय समितिले उम्मेदवार बनाउने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्