२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ

कोरोना भाइरस (कोभिड-१९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियोलाई सामाजिक सञ्‍जालमार्फत फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालय नछाड्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ।

कोरोना सङ्क्रमणको शङ्का लागे ११८० मा खबर गर्नुस्

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन्। प्रमुख शाक्यले आज विज्ञप्ति जारी गरी कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेका हुन्।

भ्रम फैलाए कस्तो सजाय हुन्छ ?

सामाजिक सञ्जालमा एकाएक कोरोनाबारे एउटा अडियो भाइरल भयो। फेसबुकको मेसेन्जरमा एक जना पुरुष व्यक्तिको आवाज रहेको उक्त भ्रमपूर्ण अडियोमा राजधानी काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको भनिएको छ।

सामाजिक सञ्जालमा भ्रम फैलाउने अडियाबारे प्रहरीले अनुसन्धान थाल्यो

कोरोना भाइरसबारे सामाजिक सञ्जालमा भाइरल भइरहेको एक अडियोबारे प्रहरीले अनुसन्धान थालेको छ। फेसबुकको मेसेन्जरमा एक जना पुरुष व्यक्तिको आवाज रहेको अडियोमा राजधानी काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको भनिएको छ।

पशुपतिमा पूजा स्थगित

पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ। नियमित पूजा भने यथावत रहेको छ। सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित भएको हो।

युवा पनि कोरोना भाइरसको जोखिममा : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युवा वर्ग पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको छ। युवाहरुको रोग प्रतिरोधक क्षमता कोरोना भाइरस मुक्त नरहेको भन्दै मानिससँग भेटघाट नगर्न, जेष्ठ नागरिक र बालबालिकासँग घुलमिल नहुन भनेको छ।

बलिउड गायिका कनिकालाई कोरोना

बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको छ। उनले आफै सोसल मिडिया मार्फत यसको जानकारी दिएकी छन्। उनी ९ मार्चमा लन्डनबाट भारत आएकी थिइन्। विमानस्थलमा थर्मन स्क्रीनिङ भए पनि त्यतिबेला लक्षण नदेखिएको उनले बताएकी छन्।

दैलेखमा ग्यासको कृतिम अभाव गर्दा जफत

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने भन्दै सरकारले लामो दुरीका यातायात, शैक्षिक संस्था, सरकारी कार्यालयहरु बन्द गर्न निर्देशन दिएसंगै दैलेखमा खाना पकाउने ग्यासको अभाव गरिएको छ। स्थानीयहरुले कृतिम ग्यास अभाव भएको गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अगुनमन भएको छ।

प्रहरीलाई बाहिर निस्कन बन्देज

विश्वव्यापी रूपमा फैलिरहेका कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम नेपालमा पनि बढिरहेका बेला सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी गणमा उच्च सतर्कता अपनाइएको छ।

राजपत्रमा अत्यावश्यक सेवाबारे के व्यवस्था छ ?

सरकारकले अत्यावश्यक सेवाबाहेक सबै बन्द गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्दै यस्तो बताए। जुन चैत्र ९ देखि २१ गतेसम्म को लागि भनिएको छ।

९ गतेदेखि सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सरकारले आगामी ९ गतेदेखि २१ गतेसम्म सवै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गर्ने बताए। अनिवार्य सेवा दिनुपर्ने कार्यालयबाहेक अन्य कार्यालय बन्द हुने बताए।

चैत्र १० देखि लामो दुरीका यातायात बन्द

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्वोधन गर्दै उनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै चैत्र १० देखि लामो दुरीका यातायात केही समयको लागि बन्द गरेको बताए।

संकटमा नेपालीले किन सम्झिन्छन् गाउँ ?

मानिस काम, अध्ययन र अवसरको खोजीमा सहर पस्ने गर्छन्। स्वभाविकरुपमा गाउँमा भन्दा सहरमा अवसरहरु हुन्छन्। कतिपयले सहर पसेपछि गाउँलाई चटक्क पनि विर्सिदिन्छन्। तर समय यस्तो पनि आउँछ वर्सौ गाउँ नपसेकाहरु एकाएक गाउँ पस्ने वातावरण बन्छ। जस्तो २०७२ को भूकम्प पछि सहर सुनसान जस्तै भयो।

कोरोनाको अनुभव आदानप्रदान गर्न नेपाल र चीनबीच भिडियो कन्फरेन्स

कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्