४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सेवाग्राहीसँग घुस लिने वाणिज्य बैंकका प्रबन्धक पक्राउ

सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन्।

बैतडीका ४२ वडा सचिवविहीन, सेवाग्राहीलाई समस्या

स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ।

सेवाग्राहीको गुनासो : जनप्रतिनिधी कि शासक ?

स्थानीय तहमा विकास बिकेन्द्रीकरण हुन नसकेको भन्दै जनप्रतिनिधीहिन अवस्थामा कर्मचारीतन्त्र निकै आलोचित बन्न पुग्यो। झण्डै दुईदशक लामो कर्मचारीतन्त्रको समाप्ती संगै स्थानीय तहमा जनप्रतिनिधी बहाली भए।

हल नपाउँदा सेवाग्राहीलाई सास्ती

दुई वर्ष अघिको भूकम्पले क्षतिग्रस्त बनाएको नेपाल प्रज्ञा प्रतिष्ठानको पुनर्निर्माण गत असारदेखि चलिरहेको छ । पुनर्निर्माणका कारण सभाहल बन्द हुँदा सभाहलमा हुने ठूला कार्यक्रममा प्रत्यक्ष असर परेको छ । ‘प्रतिष्ठानको सभाहलमा स्कुलको वार्षिकोत्सव गर्नलाई हल बुक गर्न आएको खाली हात फर्किनुप¥यो,’हल बुक गर्न भनि आएका सुरेश कर्णिकारले भने, ‘अब अर्को हल कहाँ खोज्न जानु ।’ उनीजस्तै कार्यक्रम गर्न खोज्नेहरू यसरी नै प्रतिष्ठानबाट निराश फर्कने गरेका छन् ।

सवारी चालक अनुमतिपत्र वितरण नगर्दा सेवाग्राही मारमा

यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नियमित वितरण नगर्दा झापासहित चार जिल्लाका सेवाग्राही मारमा परेका छन्।

सवारी चालक अनुमतिपत्र वितरण नगर्दा सेवाग्राही मारमा

यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नियमित वितरण नगर्दा झापासहित चार जिल्लाका सेवाग्राही मारमा परेका छन्।  गत वर्षको जेठमा लिएको ‘लाइसेन्स’को परीक्षापछि हालसम्म कार्यालयले आवेदन नलिदा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राही मारमा परेका हुन्। दिनप्रति दिन सवारीसाधन खरिद बिक्री भए पनि सवारी चालक अनुमति पत्र यातायात व्यवस्था कार्यालय मेचीले वितरण नगर्दा हजारौं सर्वसाधारण लाइसेन्सबिना नै सवारी चलाउन बाध्य छन्।

स्थानीय तहमा कर्मचारी अभाव, सेवाग्राही मर्कामा

देशको सबैभन्दा बढी नगरपालिका भएको रौतहटको स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन्। १६ नगरपालिका र २ गाउँ पालिका गरी १८ स्थानिय तह रहेको रौतहटमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा ग्राही मर्कामा परेका छन्।

सेवाग्राहीमा प्रभावहीन बन्दै हुलाक सेवा

सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहीन बन्दै गएको छ । अझै पनि सरकारी निकायमा हुलाकमार्फत चिठीपत्र आदानप्रदान गर्ने चलन भए पनि सूचना र प्रविधिका माध्यमबाट छिटोछरितो सञ्चारको आदान–प्रदान गर्न सकिने भएपछि सर्वसाधारणको त्यसतर्फ ध्यान जान छाडेको हो।

कर्मचारी, व्यवसायी आन्दोलनमा, सेवाग्राही मर्कामा

जिल्लाको विभिन्न निकायका कर्मचारी तथा यातायात व्यवसायीहरुको आन्दोलनका कारण स्थानीयले सास्ती खेप्नु परेको छ।

नगरपालिकाका कर्मचारी भारत घुमघाममा, सेवाग्राही मार्कामा

बरियारपुरमा रहेको महागढीमाई नगरपालिकाका प्रमुखदेखि अधिकांश कर्मचारी कार्यालयको कामकाजलाई छोडी भारत घुम्न निस्किएका छन्। दशैं बिदापछि कार्यालय खुलेको पाँच दिनसम्म नगरपालिकाका कर्मचारी कार्यालयमा नभेटिएपछि सेवाग्रहीको गुनासोमा जिल्ला प्रशासन कार्यालय बाराले बुधबार छडके जाँच गर्दा अधिकांश कर्मचारी भारत घुम्न गएका थाहा भएको हो।

कर्मचारीले सेवाग्राहीको गुनासो घटाउनु पर्छः मुख्यसचिव

मुख्य सचिव सोमलाल सुवेदीले सेवाग्राहीको गुनासो घटाउने जिम्मेवारी सरकारी कर्मचारीको भएको बताएका छन्। सरकारी सेवा दिने क्रममा मानवीय त्रुटीहुँदा सेवग्राहीले गुनासो गर्ने भन्दै गुनासोलाई महाभारत पर्वत जस्तो अग्लो नबनाइ पर्छौट गर्दै लगे सरकारी सेवा गुणस्तरीय हुने उनको भनाइ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्