९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

कोरियाका राजदूत मान र विजुक्छेंबीच भेट

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले बिहीबार भेट गरेका छन्।

एमसिसीविरुद्ध नेमकिपाको विरोध प्रदर्शन

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्जा कर्पोरेशन खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ। राष्ट्रघाति एमसिसी सम्झौता खारेजी गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ।

एमसिसीविरुद्ध नेमकिपाले प्रदर्शन गर्ने

नेपाल मजदुर किसान पार्टी केन्द्रिय समितिले एमसिसीविरुद्ध काठमाडौंमा पदर्शन गर्ने भएको छ।

सीमा अतिक्रमणकोे विरोधमा नेमकिपाद्वारा प्रदर्शन

नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध -याली प्रदर्शन गरेको छ ।

सीमा अतिक्रमणको विरोधमा नेमकिपाद्वारा प्रदर्शन

नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध र्‍याली प्रदर्शन गरेको छ। नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध र्‍याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो।

नेमकिपा अध्यक्षमा पुनः विजुक्छें

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत रुपमा अध्यक्षमा चुनिएका छन् । पार्टीको भक्तपुरमा सम्पन्न सातौं महाधिवेशनबाट विजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

नेमकिपाको महाधिवेशनमा सांस्कृतिक उत्सव

कतै धिमेको धमधम, कतै दमाहको दमदम । कहि बासुरीको सुरिलो स्वर त आवाज त कतै मादलको घिन्ताङ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को सातौं महाधिवेशनको उपलक्ष्यमा शुक्रबार देखिएको दृश्यमा राजनीतिक ¥याली कम, सांस्कृतिक उत्सव बढी देखिन्थ्यो ।

विजुक्छेंको आरोपः ‘प्रचण्ड दिल्लीको दूत हुन्’

नेपाली कांग्रेस, तत्कालिन एमाले र तत्कालिन माओवादी पार्टीको छुटाछुटै चर्चा गरेका अध्यक्ष विजुक्छेले कांग्रेस पद, पैसा र पावरका लागि राजनीति गर्ने सामन्तवादी पार्टी भएको आरोप लगाए। नेपाली कांग्रेसपछि एकीकृत हुनु अगाडिको एमालेबारे चर्चा गर्दै उनले भने, ‘एमाले, कांग्रेसको नीति र सिन्तान्तसँंगै मेल खाने गरी अगाडि बढेको भाइ कांग्रेस हो।’

भ्रष्टाचारीलाई मृत्युदण्डको कानुनी व्यवस्था हुनुपर्छ: नेमकिपा

फरक प्रसंगमा उनले ललितपुरको खोकना जस्ता कृषियोग्य भूमि तथा सांस्कृतिक क्षेत्रलाई द्रूतमार्गको नाममा विस्थापित गर्नु उचित नभएको बताए।

विजुक्छे भन्छन्– कनिका छरेजस्तो बजेट

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेले सरकारले ल्याएको हालैको बजेट कनिका छरेजस्तै मात्रै भएको बताएका छन्।

नेमकिपाको महाधिवेशन ६ महिना पछि सर्‍यो

३० औँ केन्द्रीय परिषद्ले २०७५ चैत १, २, ३ र ४ गतेका लागि पूर्व निर्धारित पार्टीको सातौँ महाधिवेशन ६ महिना पछि सार्ने निर्णय गरेको परिषद्पछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

नेमकिपा महाधिवेशन ६ महिना धकेलियो

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन आगामी असोजमा हुने भएको छ। पार्टीको आइतबार भक्तपुरमा सम्पन्न ३० औं केन्द्रीय परिषद्ले ०७५ चैत १, २, ३ र ४ गतेका लागि पूर्वनिर्धारित पार्टीको सातौँ महाधिवेशन ६ महिनापछि सार्ने निर्णय गरेको परिषद्पछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

भक्तपुरमा नेमकिपाका प्रेम सुवाल विजयी

भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदरबार प्रेम सुवाल विजयी भएका छन्। विपक्षीलाई झण्डै दोव्वर मतको फराकिलो अन्तरका साथ सुवाल विजयी भएका हुन्। सुवालले ३३ हजार ७६ वटा मत पाएका छन् । उनका निकटम प्रतिद्धन्ती नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ मत पाएका छन्।

यो पटक तोडिएला नेमकिपाको गढ ?

२०४८साल पछि नेपाल मजदुर किसान पार्टीले एकलौटी प्रभाव जमाउँदै आएको भक्तपुर १ मा नेमकिपाको गढ तोड्न नेपाली कांग्रेस र एमालेले यस पटक निकै मिहेनत गरेका छन्। यता नेमकिपा भने भक्तपुर १ मा आफनो प्रभाव कायमै रहनेमा ढुक्क छ।

नेमकिपाको घोषणापत्र सार्वजनिक

नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि पार्टीको घोषणापत्र शुक्रबार सार्वजनिक गरेको छ । भारतीय दलाल र भ्रष्टाचारीहरूलाई हराऔं भन्ने मूल नाराका साथ विज्ञप्तिमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्