१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

नेमकिपाको महाधिवेशनमा सांस्कृतिक उत्सव

उपेन्द्र लामिछाने
कतै धिमेको धमधम, कतै दमाहको दमदम ।  कहि बासुरीको सुरिलो स्वर त आवाज त कतै मादलको घिन्ताङ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को सातौं महाधिवेशनको उपलक्ष्यमा  शुक्रबार देखिएको दृश्यमा राजनीतिक ¥याली कम, सांस्कृतिक उत्सव बढी देखिन्थ्यो ।

जात्रा र पर्वको धनी सांस्कृतिक नगरी भक्तपुरमा शुक्रबार बिहानै पुग्दा निकै ठूलो उत्सवको भान हुन्थ्यो । गल्ली र चोकबाट परम्परागत पहिरन र बाजागाजासहित निस्कैका सर्वसाधरणको भिड हेर्दा सिंगो सहर जात्रामा रमाएझैं देखिन्थ्यो ।

गल्ली र चोकबाट परम्परागत पहिरन र बाजागाजासहित निस्कैका सर्वसाधारणको भिड हेर्दा सिंगो सहर जात्रामा रमाएझैं देखिन्थ्यो । अझ त्यसमा कर्णालीका भाका अनि सुदूरपश्चिको हुड्कासँगै तामाङ सेलो गुञ्जिदा भक्तपुर सिंगो नेपालझैं लाग्थ्यो ।

अझ त्यसमा कर्णालीका भाका अनि सुदूरपश्चिमको हुड्कासँगै तामाङ सेलो गुञ्जिदा भक्तपुर सिंगो नेपालझैं लाग्थ्यो । यस्तो लाग्थ्यो– झण्डै चार दशकअगाडि कर्णालीमा नेमकिपाले सुरु गरेका आन्दोलन यतिबेला भक्तपुरमा बाजा बनेर फर्किएको छ । टाउकोमा ओढ्ने राखेका  कर्णालीका महिला न्यातपोलको मन्दिरअगाडि उभिँदा उनीहरूको बुलाकीको रंग उम गजुरजस्तै देखिन्थ्यो ।

कतिपय पार्टीका कार्यक्रममा बालबालिकालाई सहभागी गराएको खबरले धेरैको गुनासो हुने गरेको छ । भक्तपुरमा शुक्रबार बालबालिका प्रयोग नभएका भने होइनन । तर, ती पार्टीका झण्डा हैन बासुरी र धिमे बजाउँदै निस्के । उनीहरूको ओठबाट निस्केको बासुरीको धुनमा उनीहरूको खुसी झल्कन्थ्यो ।  

बूढापाकाहरू पनि उत्तिकै रमाएका देखिन्थे । हाकुपटासीमा सजिएका भक्तपुरे महिला हातमा बोकेको माओ, माक्र्स, लेनिनको तस्विरको बारेमा सायदै बुझछन् होला । तर, उनीहरूको अनुहारमा पोतिएको खुसी भने धेरैले ठभ्याउन सक्छन् । चार दशक लामो मजदूर किसान पार्टीको  विरासत नारायणमान बिजक्छेले छाड्लान्÷ नछाड्लान् । त्यो एक–दुई दिनमा थाहा होला । तर, यो पार्टीको पक्षमा देखिएको सांस्कृतिक  सद्भाव भने भक्तपुरमा लामो समय रहने धेरैको बुझाइ छ ।

प्रकाशित: ४ आश्विन २०७६ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App