लनटेनिसका दुवै टोली सेमिफाइनलमा
दक्षिण एसियाली खेलकुदअन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टोली सेमिफाइनलमा पुगेका छन्। सातदोबाटोस्थित लन टेनिस कोर्टमा सोमबार भएको क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई हराउँदै पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको हो। नेपालले ३–० को सहज जित निकालेको हो। पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए।