१३ आश्विन २०८१ आइतबार
image/svg+xml

रुस्लान एमेच्योर गल्फ यसै साता

रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) र रुस्लानको संयुक्त आयोजनामा यसै साता रुस्लान एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ।

लोमान्थाङ गल्फ प्रतियोगिताः श्याम तामाङलाई उपाधि

काठमाडौंका एमेच्योर गल्फर श्याम तामाङले मुस्ताङको माथिल्लो भेग लोमान्थाङमा आयोजित ‘दोस्रो मुस्ताङ गल्फ प्रतियोगिता’को व्याकु टु व्याक उपाधि रक्षा गरेका छन्। पार ३६ को ९ होलको लोवाथाङस्थित मुस्ताङ गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा तामाङले पोखराका गल्फर लिलाजंग गुरुङलाई एक अंकले पछाडि पार्दैै दोस्रो पटक उपाधि जिते। यो गल्फ मैदान विश्वकै सबैभन्दा बढी उचाईमा रहेको छ।

भदौ अन्तिममा लोमान्थाङमा गल्फ प्रतियोगिता

लोमान्थाङमा यही भदौ ३० गते शनिबार दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्ने अन्तिम तयारी गरिएको छ। लोमान्थाङ गाँउपाालिकाको आयोजना तथा गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्टको सक्रियतामा ४६ सय ४५ मिटरको उचाईमा दोस्रो सस्करणको एमेच्योर गल्फ प्रतियोगिता आयोजना गरिने छ।

एमेच्योर गल्फ आयोजना गर्न खुकुरी रमले धरान गल्फ क्लबलाई ११ लाख दिने

धरान गल्फ क्लबमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतामा प्रतियोगिता गर्न प्रालिले क्लबलाई एक बर्षको लागि ११ लाख रुपैया दिने उल्लेख छ। क्लबले कुनै पनि प्रतियोगिता गर्न पाएको यो अहिलेसम्मकै धेरै रकम हो।

इष्टर्न ओपन गल्फ शुरु, पहिलो दिन धराने गल्फर निरज शीर्षस्थान

चार दिने सुर्य नेपाल इष्टर्न ओपन को पहिलो दिन स्थानीय गल्फर निरज तामाङ ५ अण्डर ६५ स्कोरका साथ शीर्ष स्थानमा रहन सफल भएका छन्।

सूर्य नेपाल च्यालेन्ज गल्फ भोलिदेखि हुने

प्रोफेसनल गल्फर एसोसियन नेपालको आयोजनामा (भोलि) मंगलबारबाट सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ।

नेपालमा राजनीतिबाट समृद्धि सम्भव छैनः खनाल

पूर्व अर्थसचिव रामेश्वर खनालले नेपालमा राजनीतिबाट समृद्धि सम्भव नभएको बताएका छन्। कर्पोरेट गल्फ प्रतियोगिताबारे बाह्रखरी मिडियाले आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो धारणा व्यक्त गरेका हुन्।

शुक्रबहादुरलाई धरान ओपन गल्फको उपाधि

घरेलु गल्फ कोर्षमा युवा गल्फर शुक्रबहादुर राई धरान ओपन गल्फ प्रतियोगिताको पहिलो सँस्करणको विजेता बनेका छन्।

आमन्त्रण गल्फ प्रतियोगिता पोखरामा हुने

कोरोना भाइरस महामारीमा परेको पर्यटन क्षेत्र उकास्न सघाउने गरि ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण पोखरामा हुने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्